पछिल्लो २४ घण्टामा थप १२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ३४९ नमूना परिक्षण गर्दा १२ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा ८९ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ६६९ जना सक्रिय संक्रमित रहेका छन् ।
एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २६ हजार ४५ रहेको छ ।





























प्रतिक्रिया