बढ्दो ध्वनी प्रदूषणले निम्त्याउने समस्या र समाधानका उपाय

बढ्दो ध्वनी प्रदूषणले निम्त्याउने समस्या र समाधानका उपाय

केन्द्रबिन्दु
0
Shares

सरकारले काठमाडौं उपत्यकामा संचालन हुने सवारी साधनमा हर्न निषेध गरेको छ। तर यसको कार्यान्वयन भने पूर्णरुपमा हुन सकेको छैन। 

दैनिकरुपमा लाखौं सवारी साधन गुड्ने गरेको काठमाडौंका सडकमा एकातिर सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सकस भएको छ भने अर्कातिर सर्वसाधारणको स्वास्थ्यमा पनि प्रतिकूल असर परिरहेको छ। 

सरकारले लागू गरेका नियम कानुनहरु कार्यान्वयनमा नआउँदा यसले ठूलै समस्याको रुप लिने देखिन्छ । जसले गर्दा ध्वनी प्रदूषण चुनौती बन्दै गएको छ। 

के के छन् त समस्या ? 

  • अनावश्यकरुपमा हर्न बजाउँदा ध्वनी प्रदूषण बढ्छ। यसले मानव स्वास्थ्यमा पनि गम्भीर असर पुग्छ ।
  • अनियमितरुपमा सवारी संचालन गर्दा र अनावश्यकरुपमा सवारी साधनमा हर्न बजाउँदा विभिन्न दुर्घटनाहरु पनि बढ्न सक्छन् । 
  • ध्वनी प्रदूषणले सडक छेउका अस्पतालमा रहेका विरामीको स्वास्थ्यमा पनि गम्भीर समस्या ल्याउँछ ।
  • अनावश्यक हर्न बजाउँदा ध्वनी प्रदूषण हुनुका साथै सवारीको इन्जिनमा पनि असर पर्छ । जसले वातावरण पनि प्रदूषण बनाउँछ । 

समाधान के छ त ? 

  • सरकारले अनावश्यक ध्वनी प्रदूषण गराउने सवारी साधनलाई चेकजाँच गरि कारबाही गर्नु पर्छ । 
  • पुराना सवारी साधनले दुर्घटना बढाउने हुँदा यसतर्फ विशेष ध्यान दिनु पर्छ । पुराना सवारी साधनलाई निषेध गर्नु पर्छ । 
  • दक्ष सवारी चालकलाई मात्र सवारी साधन चलाउन दिनु पर्छ । 
  • सरकारले लागू गरेका नियमहरुको पालना नगर्ने सवारी चालकलाई कारबाही गर्नु पर्छ । नियम कार्यान्वयनमा प्राथमिकता दिनु पर्छ । 
  • सवारी चालकहरुले पनि अरुको स्वास्थ्यमा असर हुने काम गर्नु हुँदैन । 
  • विद्युतीय सवारी साधनलाई प्राथमिकता दिनु पर्छ । 

ज्योति शाह (प्रशिक्षार्थी पत्रकार )

Logo