कोरोना : प्रदेश नं २ मा छ हजार निको भए, कूल संक्रमित कति ?

कोरोना : प्रदेश नं २ मा छ हजार निको भए, कूल संक्रमित कति ?

केन्द्रबिन्दु
0
Shares

जनकपुर ।

प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १६९ नयाँ सङ्क्रमित थपिएका छन् । यससमेत गरी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार ५३९ पुगेको छ । तीमध्ये ५८ जना उपचार गराई बुधबार निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म पाँच हजार ९४१ जना निको भएर घर फर्केका छन् ।

प्रदेश अन्तर्गत १७३ क्वारेन्टिनमा आजसम्म ४९४ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७००, आइसोलेशनमा ९१५ र होम आइसोलेशनमा चार हजार ५७७ जना बसेका छन् ।

केही दिनदेखि क्वारेन्टिन र आइसोलेशनमा बस्नेको सङ्ख्या क्रमिक रुपमा घट्दै गइरहेको छ र होम आइसोलेसनमा बस्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या यस प्रदेशमा १०६ पुगेका छन् ।

Logo