होम आइसोलेसनमा रहँदा के-के कुरामा ध्यान दिने ? (भिडियाेसहित)

होम आइसोलेसनमा रहँदा के-के कुरामा ध्यान दिने ? (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ ले अहिले विश्वलाई नै आक्रान्त बनाएको छ । विश्वका अधिकांश राष्ट्रहरु यस भाइरसबाट प्रभावित भएका छन् । हाल नेपालमा पनि प्रतिदिन ९ सयभन्दा बढीको संख्यामा संक्रमित थपिइरहेको छ । संक्रमण नियन्त्रणका लागि मुलुकमा लकडाउन जारी गरिएको छ । यसरी ठुलो संख्यामा संक्रमित थपिएसँगै पछिल्लो समय देखिएका संक्रमितमा गम्भीर लक्षण पनि देखिन थालेको छ । तर केहीमा भने कोरोना पुष्टि मात्र भएको छ । उनीहरुमा लक्षण भने देखिएको छैन ।

लक्षणसहितका संक्रमित कोभिड अस्पतालका आइसोलेसनमा छन् । कोरोना पुष्टि भएर पनि लक्षण नदेखिएका संक्रमित भने सरकारको स्वास्थ्य निर्देशिका अनुसार होम आइसोलेसनमा छन् ।

हेराै‌ भिडियाेमा :

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म नेपालमा सबै खालका संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको छ । जसमध्ये हाल मुलुकभर १५ हजार २५ जना सकृय संक्रमितहरु रहेका छन् भने, ३३ हजार ८८२ जना निको भएका छन् । यतिखेर अस्पतालमा सबै संक्रमितका लागि पर्याप्त आइसोलेसन बेड नहुँदा लक्षण नभएका संक्रमित होम आइसोलेसनमा बस्न बाध्य भएका छन् । मुलुकभर संस्थागत आइसोलेसनमा ९ हजार ६६ जना उपचाररत छन् भने, होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार १ सय ९० जना छन् । सरकारले कोरोना पुष्टि भए पनि लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने गरी निर्देशिका जारी गरी स्थानीय तहको निगरानीमा बस्नलाई अनुमति दिएको छ । तर यसरी होम आइसोलेसनमा बस्ने संक्रमितलाई स्थानीय तहका स्वास्थ्यकर्मीले निगरानी गरेको भने खासै पाइँदैन । होम आइसोलेसनमा बस्ने संक्रमितहरुको गुनासो पनि उत्तिकै छ ।

होम आइसोलेसनमा रहेका संक्रमितलाई राम्रोसँग निगरानी नगर्दा मृत्यु हुने र समुदायमा संक्रमण फैलने सम्भावना अझै धेरै बढिरहेको छ । यो समाचार तयार पार्दासम्म स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा सबैभन्दा बढी ३ हजार जना संक्रमित होम आइसोलेसनमा बसेका छन् । यसपछि बागमती प्रदेशमा २ हजार ३ सय ३४ जना रहेका छन् भने, प्रदेश ५ मा ८ सय ४ जना छन् ।

यस्तै प्रदेश १ मा ७ सय ९० जना, सुदुरपश्चिममा १ सय १९ जना रहेका छन् । त्यस्तै कम संख्यामा गण्डकी प्रदेशमा १ सय र कर्णाली प्रदेशमा ४० जना होम आइसोलेसनमा रहेका छन् । नेपालीका लागि होम आइसोलेसन जटिल छ । तर सरकारले छुट्टाएको कोभिड अस्पतालहरुमा पर्याप्त मात्रामा बेड नहुँदा संक्रमितहरु होम आइसोलेसनमै बस्न बाध्य भएका छन् । नेपालीको घरमा प्रायः जसो एउटा मात्र शौचालय–बाथरुम हुने गर्छ र सबैले त्यही प्रयोग गर्नुपर्छ त्यसैले उनीहरूका लागि होम आइसोलेसनमा बस्न सजिलो छैन ।

Logo