काठमाडौं उपत्यकामा आज ३२६ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ३२६ जना संक्रमित थपिए


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ३२६ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा २९३ , भक्तपुरमा १३ र ललितपुरमा २० जना थपिएका हुन् ।

आइतबार ३५४ जना थपिएका थिए । शनिबार ४०८ जना थपिएका थिए । शुक्रबार ४५४ जना थपिएका थिए । आजको पिसिआर ९,२१८ रहेको छ ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ६,९१७ , भक्तपुरमा ७२४ र ललितपुरमा ९३९ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ८,५८० पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ । आज मात्र ११ जनाको मृत्यु भएको छ । आइतबार ९ जनाको मृत्यु भएको थियो । शुक्रबार १४ जनाको मृत्यु भएको थियो । शनिबार ९ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ४७,२३६ पुगेको छ । आज ९७९ जना थपिएका छन् । आइतबार ९८० जना थपिएका थिए । शनिबार १,०४१ जना थपिएका थिए । शुक्रबार १,३५९ जना थपिएका थिए।

यस्तै देशभर निको हुनेको संख्या ३० हजार ६७७ पुगेको छ । आज १,७३६ जना निको भएका छन् । आइतबार १,८१४ जना निको भएका थिए । शनिबार १,५६६ जना निको भएका थिए । शुक्रबार १,३५४ निको भएका थिए ।

Logo