काठमाडौं ।
हाम्रा धर्मशास्त्रहरुमा उल्लेख छ, अल्पहारी हुनुपर्छ । अर्थात धेरै खानेकुरा खाने मानिस रोगी र चाँडो बुढो हुन्छ । यो तथ्य विज्ञानले समेत पुष्टि गरिसकेको छ । यसको निष्कर्ष शारीरिक स्वास्थ्यका लागि खाना अनिवार्य आवश्यकता हो । तर, त्यही खाना सही र सन्तुलित ढंगले खान जानिएन भने, चाडै बुढो देखिने, विभिन्न खालका रोग लाग्ने समस्याबाट पीडित हुन पुग्छौं । १८ वा २० बर्ष पूरा गरेपछि भने यस किसिमको शारीरिक परिवर्तन हुन्छ । त्यसपछि उचाई, मोटाई पनि करिब निश्चित हुन्छ । २५ वा ३० बर्षपछि मानिसको शारीरिक विकास त्यति हुँदैन । बरु बुढ्यौलीको रंग चढ्न थाल्छ । अनुहारमा दागधब्बा आउन थाल्छ, चाहुरीपन देखिन थाल्छ । तर, शारीरिक विकासको क्रम एकदमै सुस्त हुन्छ ।
किन यस्तो हुन्छ ?
यो एक प्राकृतिक र स्वाभाविक प्रक्रिया हो । हाम्रो शरीरमा रहेको एक हर्मोन नै यसको लागि जिम्मेवार मानिन्छ । यसलाई ‘ह्युमन ग्रोथ हर्मोन’ भनिन्छ । शारीरिक विकासका लागि ‘ह्युमन ग्रोथ हर्मोन’ महत्वपूर्ण हुन्छ । यसले शरीरका कोशिका निर्माण एवं पुनर्निर्माणको काम गर्छ । यो रक्त ग्रोथ हर्मोनले हामीलाई जवान राख्न मद्दत गर्छ । तर, जति–जति उमेर बढ्दै जान्छ, हाम्रो शरीरमा हर्मोन बन्ने क्रम पनि कम हुँदै जान्छ । ३० वर्षको उमेरपछि हाम्रो शरीरले ग्रोथ हर्मोन बनाउन कम गर्छ । १० बर्षको अवधीमा यस किसिमको हर्मोन बढ्ने क्षमतामा २५ प्रतिशत कमी आउँछ । यो हाम्रो शरीरमा रहेको हर्मोन हो । यसले शरीरमा मांसपेशी र कोशिका विकास गर्छ । ह्युमन ग्रोथ हर्मोन पिट्युटरी ग्ल्यान्डमा बन्छ । यस हर्मोनको अभावमा शरीरमा मांसपेशीको गठन र हड्डी बढ्ने सम्भावना हुँदैन ।
बालबालिका एवं किशोर–किशोरीको उचाई एकदमै तिब्र गतिमा बढिरहेको हुन्छ । यसमा ‘ह्युमन ग्रोथ हर्मोन’को भूमिका महत्वपूर्ण हुन्छ । ढल्कदो उमेरसँगै निम्न खानपानमा ध्यान दिन जरुरी छ ।
मासु र माछाको सेवन
एमिनो एसिडको महत्वपूर्ण स्रोतमा माछा र मासुलाई लिइन्छ । जुन पूर्णरुपमा प्रोटिनले भरिपूर्ण हुन्छ । यसले शरीरमा ह्युमन ग्रोथ हर्मोन बनाउन पनि सहयोग गर्छ ।
सब्जीको अधिक सेवन
एमिनो एसिड हासिल गर्नका लागि धेरैभन्दा धेरै सागसब्जी प्रयोग गर्नु पर्छ । किनभने धेरैजसो सागसब्जीमा एमिनो एसिड हुन्छ । त्यसैले आफ्नो नियमित खानपानमा सागसब्जी प्रयोग गर्नु आवश्यक पर्छ ।
अण्डा र दुधजन्य परिकारको सेवन
भरपुर प्रोटिनका लागि दुधजन्य परिकार र अण्डा पनि विशेष मानिन्छ । अर्थात ह्युमन ग्रोथ हर्मोन बनाउनका लागि सबैले आवश्यक एमिनो एसिड प्रदान गर्छ । दुध र सोया दुधमा लगभग प्रति एक गिलासमा ८ ग्राम प्रोटिन हुन्छ, अण्डामा ६ ग्राम प्रोटिन हुन्छ ।
चिनीको कम सेवन
मधुमेहले ग्रस्त व्यक्तिको तुलनामा सामान्य व्यक्तिको ‘ह्युमन ग्रोथ हर्मोन’को लेभल ३–४ गुणा बढी हुन्छ । इन्सुलिनको सोझो प्रभाव हुने भएकाले चिनीको धेरै प्रयोग गर्दा तौल र मोटोपन बढ्छ । यसको असर ह्युमन ग्रोथ हर्मोनको स्तरमा पर्छ । त्यसैले धेरैभन्दा धेरै सन्तुलित आहार लिनुपर्छ । किनभने हामीले लिने आहारको सोझो प्रभाव हाम्रो स्वास्थ्य, हर्मोन र शारीरिक बनावटमा पर्छ ।
राति कम खाना खाने
राति सुत्नु अघि धेरै खाना खानु उपयुक्त हुँदैन । अधिक कार्बोहाइड्रेट र प्रोटीनयुक्त खानाले इन्सुलिन बढाइदिन्छ । यसले राति बनाउने ‘ग्रोथ हर्मोन’ रोक्छ । खाना खाएपछि २–३ घण्टासम्म इन्सुलिनको स्तर कम हुन्छ ।
दैनिकी बदल्ने
लगातार तनावमा रहँदा शरीरमा ह्युमन ग्रोथ हर्मोनको संचय कम गर्छ । हास्ने र खुसी हुने बानीले शरीरमा सकारात्मक उर्जा प्राप्त हुन्छ । साथै ग्रोथ हर्मोनमा पनि बढोत्तरी हुन्छ ।
ह्युमन ग्रोथ हर्मोन बढाउने
व्यायम अतिआवश्यक व्यायाम सुरु गरेको आधा घण्टापछि शरीरमा ग्रोथ हर्मोन बन्न सुरु गर्छ, जुन ४५ मिनेटसम्म बढ्छ । अर्थात ६० मिनेटसम्म स्थिर रहन्छ । यसपछि यसको लेभल घट्न शुरु हुन्छ ।
शरीरले दिनभरमा जति ग्रोथ हर्मोन बनाउँछ, त्यसको ७५ प्रतिशत निर्माण गहिरो निद्राका क्रममा बनाउँछ । त्यसैले पर्याप्त मात्रामा सुत्नु पर्छ । ह्युमन ग्रोथ हर्मोनका लागि भिटामिन र राम्रो डाइटको सेवन गर्ने । शरीरमा ग्रोथ हर्मोन कायम राख्नका लागि नियमितरुपमा आवश्यक क्यालोरीको २० प्रतिशत हिस्सा शुद्ध फ्याटबाट प्राप्त गर्न सकिन्छ । स्वस्थ्य शरीर पाउनका लागि ग्रोथ हर्मोन एकदमै आवश्यक हुन्छ । यो मांसपेशीका लागि एकदम महत्वपूर्ण हुन्छ । यसका लागि प्रोटीनयुक्त भोजन गर्नुपर्छ ।
स्वस्थ्य जीवनका लागि जरुरी छ खानपानका आनीबानी
स्वस्थ खाना खानको लागि अपनाउनु पर्ने तरिकाहरु :
खाना खान नछोड्ने
खाना नियमित खानु पर्छ यसले मेटाबोलिजमलाई तिब्र गतिमा काम गराउँछ । यसबाट शरीरले ऊर्जा प्राप्त गर्न सक्छ । त्यसैगरि यसले अर्कोपटक खाना खाँदा एकैपटक धेरै खाना खानबाट पनि बचाउँछ ।
थोरै खाना धेरैपटक खाने
खानाहरुको बीचमा थोरै थोरै खाजा खानु पर्छ । थोरै थोरै खाजाहरु खाँदा बीचमा अर्को खाना खाँदा धेरै खानबाट बचाउँछ ।
प्रशोधन नगरिएका होल फुड खाने
अप्रशोधित खानेकुराहरुले राम्रो फाइदा दिन्छ । प्रशोधन गर्दा आवश्यक पर्ने एन्टीअक्सिडेन्ट र फाइबर त्यसबाट निस्कन्छ । सबैभन्दा नराम्रो भनेको आवश्यक नपर्ने एक्स्ट्रा सोडियम र चिनी त्यसमा थपिन्छ ।
खानाको योजना बनाउने
साप्ताहिक खानाको योजना बनाएमा तपाईले स्वस्थ र राम्रो खाना खानुको साथै पैसाको पनि बचत गर्न सक्नुहुन्छ । त्यसैले आफैंले सन्तुलित भोजनको योजना बनाउनुहोस् ।
खाना खाँदा टेबलमा राखेर खाने
टेबलमा राखेर आनन्दले अरु कुरामा ध्यान नदिइ तनावमुक्त भएर खाना खाँदा हाम्रो शरीरले राम्रोसँग खानेकुरामा पाइने पोषणतत्वहरु प्राप्त गर्न सक्छ । खाना खाने बेलामा तपार्इं डेस्कबाट टाढा बस्नुहोस्, टिभी बन्द गर्नुहोस र आनन्दले खाना खानुहोस् ।
क्रन्ची खाजा खाने
खाजा खाँदा टोक्दा कुरुमकुरुम आवाज आउने अथवा चपाउँदा स्वादिलो लाग्ने खाजाहरु खानु पर्छ । जस्तै स्याउ, मटर, बदामहरु, तर चिप्सहरु भने होइन । यस्ता खाजाले तपाईंको मुखलाई व्यस्त बनाउँछ ।
पानी धेरै पिउने
पानी धेरै पिएमा शरीरले राम्रोसँग कार्यसम्पादन गर्छ र यसले तपार्इंलाई धेरै खाना खान दिँदैन । खासमा धेरै तिर्खाएको बेलामा आफू भोकाएको जस्तो लाग्न सक्छ । त्यसैले त्यतिखेर तपाईंले एक गिलास पानी पिउनु भयो भने त्यसले हानी गर्दैन ।
खानेकुरा बोक्ने
तपाईंले धेरै लामो यात्रा गर्दै हुनुहुन्छ वा अफिसमा लामो समय काम गर्दै हुनुहुन्छ भने स्वस्थ खानेकुराहरु बोक्नुहोस् । त्यस्तै जिम जाँदा आफ्नो जिम ब्यागमा पनि राख्न सक्नुहुन्छ ।
ताजा फलफूल रोज्ने
खानेकुराको प्याकेटमा फ्लेवर लेखिएको छ भने त्यसमा फलफूलको वास्तविक स्वाद होइन त्यसमा फेब्रिकेटेट स्वाद राखिएको भन्ने बुझ्नु पर्छ । वैज्ञानिकहरुले ब्याक्टेरियाको प्रयोग गरेर फ्लेवर निकाल्छन् र त्यसलाई प्राकृतिक भन्न सक्छन् ।
प्रशोधन नगरिएको मासु छान्ने
खानाको लागि मासु किन्दै हुनुहुन्छ भने तपाईंले प्रशोधन नगरिएको मासु रोज्नुहोस् । मासु किन्दा ससेज, स्ट्रिप्स, स्लाइस खोज्नुहुन्छ भने त्यो राम्रो होइन किनभने त्यसमा स्वस्थ पोषणतत्वको सट्टामा सोडियम र प्रिजर्भेटिभ्स पनि थपिएको हुन्छ ।





























प्रतिक्रिया