काठमाडौं ।
उद्योगपति एवं सांसद विनोद चौधरीले कोरोना जितेका छन् । चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली काँग्रेसका सांसद चौधरीलाई भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनले १० दिन पछि कोरोना जितेका हुन् । उनले सामाजिक संजाल ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् ।
उनले आफूलाई संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा बसेको पनि सामाजिक संजाल मार्फत नै जानकारी दिएका थिए । उनले आफ्नो सम्पर्कमा रहेका सबैजनालाई सतर्कता अपनाउन पनि आग्रह गरेका थिए । सामाजिक सञ्जालमा ट्वीटरमा ट्वीट गर्दै उनले आफूलाई स्वास्थ्यलाभको कामना गर्नु हुने सबैलाई धन्यवाद दिएका छन् ।
पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितहरुको संख्या बढेसँगै हाइप्रोफाइलहरुमा पनि संक्रमण बढ्न थालेको छ ।






























प्रतिक्रिया