नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार २ सय ५४ पिसिआर परीक्षणका क्रममा १८ जना र ७ सय ७३ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोभिडको संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार कसैको मृत्यु भएको छैन ।

त्यस्तै नेपालमा १२ संक्रमित कोभिड मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय जना निको भएका छन् । आज थपिएकासँगै नेपालमा १ सय १० सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

Logo