पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना पुष्टि


 
पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय ५५ जनाको नमूना परीक्षण गर्दा ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप १४ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा एक सय ८१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एक लाख ५० हजार ६१ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Logo