काठमाडौंमा हैजाको संक्रमण फैलदैँ, नौ स्थानमा देखियो

काठमाडौंमा हैजाको संक्रमण फैलदैँ, नौ स्थानमा देखियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा हैजाको सक्रमण थप फैलिएको छ । उपत्यकाका विभिन्न नौ स्थानमा हैजाको संक्रमण देखिएको चिकित्कसहरुले बताएका छन् । 

पछिल्लो पटक पाटन अस्पतालमा उपचाररत थप एक जनामा हैजाको जिवाणु पाइएको हो । उनी कोटेश्वर क्षेत्रका रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।  
काठमाडौंको नैकाप क्षेत्रका एक व्यक्तिमा पनि हैजा संक्रमणको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ । 

यसअघि, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ७ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भएको हो ।

Logo