यस्ता छन् गाँजर खानुका फाइदा

यस्ता छन् गाँजर खानुका फाइदा

केन्द्रबिन्दु
0
Shares

तरकारी बजार देखि सुपरमार्केटका प्याकेट भित्रका तरकारीसम्म राता राता गाँजरहरु सजिएका हुन्छन्। मुख्यतया हिँउदमा गाँजरको मौसम पर्दछ, कहिले सलाद त कहिले बिभिन्न परिकारका रुपमा गाँजरको प्रयोग हुनेगर्दछ । 

हेर्दा राम्रो, खाँदा रसाईलो अनि गुलियो मिठो स्वाद, गाँजर धेरैलाई मनपर्ने कुरा हो । खासै महँगो पनि नहुने अनि सुलभ तवरले जहाँ पनि पाउने यस गाँजर शदियौं देखि मानव भान्साको सहयात्रि हो । गाँजर क्यालोरीका हिसाबले थोरै क्यालोरी भएको हलुका फल हो, दुइवटा ठूला गाँजरले केवल ६० क्यालेरी मात्र दिने बताइन्छ ।

फाईबर लगायत अन्य बिभिन्न पौष्टीक् तत्वहरु गाँजरमा हुनेगर्दछन् । भिटामीन ए, सी , के लगायत प्यान्थोथेनिक एसिड बी ५, फोलेट बी ९, पोटासियम, आइरन, कोपर र म्यानीज पनि प्रशस्त रुपमा गाँजरमा पाइन्छ । गाँजरमा प्रशस्त मात्रामा बेटा क्यारोटीन पाइन्छ जसले एन्टीअक्सीटेन्डका रुपमा भिटामीन ए मा परिणत भएर हाम्रो रोगप्रतिरोधात्मक क्षमता अनि आँखाको स्वास्थलाई राम्रो गर्दछ ।

यि क्टारोटीनहरु क्यान्सर क मगर्नक पनि अत्यन्त सक्रिय तत्वहरु हुन् र यिनले शरीरमा ग्लुकोज अनि इन्सुलिनको मात्रा नियन्त्रण गर्न पनि मद्धत गर्दछन् । गाँजरको सेवन नियमित गर्नाले रगतमा सुगरको मात्रा पनि कम गरेको पुष्टि भइसकेको छ ।

दैनिक दुइवटा गाँजर सेवन गर्नु स्वास्थका लागि फाइदाजनक हुने गर्दछ भने गाँजरमा सुगरको मात्रा भएकले धेरै सेवन नगर्न पनि सल्लाह दिइन्छ । गाँजरमा भिटामीन सी र क्याल्सीयम पनि भएकले हड्डीको स्वास्थका लागि गाँजरलाई राम्रो खाधान्न मानिन्छ ।

 गाँजरको सेवनले कलेजोको बाइलको प्रवाह बढाएर कलेजोलाई स्वस्थ राख्न सक्रिय भूमिका खेल्दछ । गाँजरमा न्यूरोट्रान्समीटरको गुण हुनेगर्दछ जसले गर्दा हाम्रा स्वबिवेक अनि मानसिक स्वास्थ पनि राम्रो गर्न मद्धत गर्दछ । पेक्टीन नामक पदार्थ बढि भएकाले गाँजरको सेवनले कोलेस्टेरोल कम गर्न पनि मद्धत गर्दछ भने यसमा रहेको पोटासियमले रक्त प्रवाहलाई सहज गर्दछ ।

 पकाएको गाँजरमा केही पानीमा घुलनशील भिटामीनहरु र मीनरलहरु कम हुनसक्दछन् तर अर्कोतर्फ गाँजरलाई थोरै तेल हालेर पकाउन सल्लाह दिइन्छ । यसो गर्दा एन्टीअक्सीडेन्ट सहजै उपलब्ध हुने र बेटाकेरोटीन शरीरलाई शोषण गर्न सहज हुने बिज्ञहरुले बताएका छन् ।

गाँजरलाई मसिनो रुपमा कोरेर अनि थोरै तेलमा भुटेर दुध अनि मरमसला हाली पाइने गाँजरको हलुवा भारत, बगंलादेश लगायत बिभिन्न दक्षिण एसियाली मुलुकका परम्परागत पकवानहरु मध्य १ नंबरमा पर्दछ । चिनीको अनि फ्याटको मात्रा भने हलुवामा कम नै गर्न सल्लाह दिइन्छ । आफ्नो रंग अनि स्वादका कारणले गाँजर सदैव एउटा फ्याशनेवल फल रहिआएको छ । 

प्रस्तुत लेख बिश्वप्रसिद्ध पोषण बिज्ञ कवीता देवगनको व्लग बाट साभार र अनुवाद गरिएको हो । उन्का बिश्व प्रसिद्ध पोषण समबन्धी पुस्तकहरु डन्ट डायट अनि ५० ह्याबीट्स अफ थिन पिपल्स अत्यन्त लोकप्रिय छ ।

Logo