चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु

चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
चितवनमा शनिबार साँझ थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी (बर्दघाट सुस्तापूर्व), विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको साँझ ५ः५० बजे निधन भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए।

निमोनिया भएर यही भदौ ४ गते अस्पताल भर्ना भएका ती पुरुषलाई सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । पोखरामा गरिएको कोरोना परीक्षणमा ती पुरुषको शनिबार अपराह्न कोरोना रिपोर्ट ‘पोजेटिभ’ आएको थियो । यसअघि शनिबार नै बिहान चितवन मेडिकल कलेजमै बाराका एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

Logo