आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द

आकस्मिक र प्रसूतिबाहेकका सबै सेवा बन्द

केन्द्रबिन्दु
0
Shares

नवलपरासी ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ ।

केन्द्रमा कार्यरत ४६ वर्षीया महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको हो । जिल्लाको देवचुली नगरपालिकास्थित सो केन्द्रमा कार्यरत सबै कर्मचारीको पिसीआर परीक्षण गर्नुपर्ने भएकाले त्यसको नतिजा नआउन्जेल सम्मका लागि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्रीले जानकारी दिए।

सेवा बन्द गरेर केन्द्रको निर्मलीकरण गर्ने काम भइरहेको समेत उनले बताए। पछिल्लो समय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ ।

Logo