७ घण्टा भन्दा कम सुत्ने मानिसलाई बढी हृदयघाटको सम्भावना

७ घण्टा भन्दा कम सुत्ने मानिसलाई बढी हृदयघाटको सम्भावना

केन्द्रबिन्दु
0
Shares

यदि तपाई ७ घण्टाभन्दा कम सुत्नुहुन्छ वा पटक्कै सुत्नहुन्न भने, यो तपाईको स्वास्थ्यका लागि ठूलो चिन्ताको विषय हुन सक्छ । 

किनभने ७ घण्टाभन्दा कम सुत्नु भनेको हृदयघात लगायत मुटुसँग सम्बन्धी धेरै रोगहरूलाई आमन्त्रणा गरेको बुझिन्छ । यदि तपाइँ कम्तिमा ७ देखि ८ घण्टा सुत्नु भएन भने के हुन्छ ? भनेर सोच्दै हुनुहुन्छ भने सर्वप्रथम तपाई बिस्तारै बिरामी हुन थाल्नुहुन्छ, अनुहारमा बुढ्यौलीका लक्षणहरू देखिन थाल्छन्,तौल बढ्दै जान्छ, कोलेस्ट्रोल, हृदयाघात, रक्तचाप र आँखासम्बन्धी धेरै समस्याहरु देखिन थाल्छ ।

अमेरिकन हार्ट एसोसिएसन (एएचए) ले निद्राको कमी हृदय रोगको लागि जिम्मेवार रहेको बताएको छ । 
शारीरिक अभ्यास, धूम्रपान, भोजन, अधिक तौल, रगतमा चिनी, कोलेस्ट्रोल र रक्तचाप लगायत विभिन्न कारकहरू मुटुको स्वास्थ्यका लागि जिम्मेवार हुन्छन् । 

अमेरिकन हार्ट एसोसिएसनले सर्कुलेश र लाइफ्स एसेन्शियल ड’ नामक जर्नलमा यी कुराहरु प्रकाशित गरेको छ । उक्त जर्नलमा धुम्रपान, उच्च क्यालोरीयुक्त खाना र व्यायामको कमी जस्तै कम सुत्दा पनि मुटुसँग सम्बन्धीत समस्या बढ्ने कुरा लेखिएको छ ।
 

Skip This
Skip This
Logo