ललितपुरको पाटन अस्पतालमा दुई संक्रमितको मृत्यु

ललितपुरको पाटन अस्पतालमा दुई संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाए अनुसार गए राति काठमाडौंकी एक र आज बिहान भक्तपुरकी एकसहित दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौंकी ५१ वर्षीया महिलाको गए राति १० बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

त्यस्तै भदौ ८ गतेदेखि अस्पतालमा भर्ना भई उपचाररत भक्तपुरकी ६२ वर्षीया महिलाको आज बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको थियो ।

Logo