यस्ता छन् करेला खानुका फाइदा

यस्ता छन् करेला खानुका फाइदा

केन्द्रबिन्दु
0
Shares

करेला ती सब्जीहरू मध्ये एक हो जो मानव स्वास्थ्यका लागि निकै लाभदायिक तरकारीका रुपमा परिचित छ । करिब १०० ग्राम करेलामा ३४ ग्राम क्यालोरी १३ मिलिग्राम सोडियम, ६०२ ग्राम पोटासियम र ७ ग्राम कार्बोहाइड्रेट पाइन्छ । करेला खाँदा, जुस पिउँदा वा करेलाको बोक्रा अनुहारमा लगाउनाले पनि छालाको लागि फाइदाजनक हुन्छ । त्यसैले करेलाको तितोपन हटाउन यसको बोक्रा हटाउनुको सट्टा करेलाको बोक्रासँगै खाँदा धेरै फाइदा हुन्छ । 

१. छालाको लागि

करेलाको बोक्राले छालालाई भित्रबाट निखार्दैन तर एन्टिअक्सिडेन्टले भरपूर करेलाको बोक्रा खाँदा छालालाई राम्रो बनाउछ । करेला बोक्राको रस निकालेर  पिउदा छालामा आउन सक्ने इन्फेक्सनलाई रोक्ने र चिलाउने समस्यालाई हताउन मद्दत गर्छ । 

२. वजन घटानका लागी

करेलामा क्यालोरी र कार्बोहाइड्रेट थोरै मात्रामा पाइन्छ । तसर्थ एक गिलास करेलाको रस पिउदा शरीरमा सुगरको मात्रा लेभलमा आउछ । जुन हाम्रो शरीरको तौल नियन्त्रणका लागि अति आवश्यक छ । करेलालाई मोटोपना घटाउने प्राकृतिक तत्वका रुपमा पनि हेरिन्छ ।

३. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

करेलाको सेवनले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउछ । करेला बोक्रासँगै खाँदा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट प्राप्त हुन्छ ।  जसले मानव शरीरलाई रोगसँग लड्ने शक्ति प्रदान गर्छ ।

४ करेलाको जुसले घटाउछ कोलेस्ट्रोल   

करेलाको सेवनले शरीरमा कोलेस्ट्रालको मात्रालाई नियन्त्रण गर्छ । करेलाको रसमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ जसले शरीरबाट खराब कोलेस्ट्रोल घटाएर मुटुलाई राम्रो अवस्थामा ल्याउछ । करेलामा एन्टी अक्सिडेन्ट एन्टी इन्फ्रामेन्ट्री पाइन्छ जसले शरीरको खराव कोलेस्ट्रोललाई नियन्त्रण गर्न मद्दत गर्छ । 
 

Logo