नेपालमा कोरोना संक्रमितको संख्या ३५,५२९ पुग्यो, आज १,१११ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ३५,५२९ पुग्यो, आज १,१११ जना थपिए


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ३५,५२९ पुगेको छ । आज १,१११ जना थपिएका छन् । बुधबार ८८५ जना थपिएका थिए । आज थपिएको संख्या हाल सम्मकै उच्च हो ।

यस्तै काठमाडौं उपत्यकामा आज ३७७ जना थपिएका छन् । आज काठमाडौंमा २७०, भक्तपुरमा ४१ र ललितपुरमा ६६ जना थपिएका हुन् । बुधबार पनि ३०१ जना थपिएका थिए । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ४,३९६ पुगेको छ । आज १२ हजार ६२९ पिसिआर गरिएको थियो ।

यस्तै निको हुनेको संख्या २० हजार ७३ पुगेको छ । आज ५६९ जना निको भएका छन् ।

Logo