डिप्रेशनबाट बच्न यी ३ टिप्सलाई फलो गर्नुहोस्

डिप्रेशनबाट बच्न यी ३ टिप्सलाई फलो गर्नुहोस्

केन्द्रबिन्दु
0
Shares

तनाव र डिप्रेशन अहिले सामान्य समस्या जस्तै भएको छ । विषेश गरी कोरोनाभाइरसका कारण मानिसहरु मानसिक रुपले झनै चिन्तित भएका छन् । किनकी सम्पूर्ण पक्षलाई नराम्रोसँग गिजोलेको छ कोरोनाले जसको सिधा प्रभाव तनाव, सम्बन्ध र निर्णय लिने क्षमतामा परिरहेको छ ।

डिप्रेशन एक मानसिक रोग हो । डिप्रेशन भएका मानिसहरुमा अत्याधिक टाउको दुख्ने, दुःख लाग्ने, काममा मन नलाग्ने, निन्द्रा नलाग्ने, रोइरहने, हर एक कुरालाई बेवास्ता गर्ने, कुनै कुरामा ध्यान नदिने र चिन्ता मात्र लिइरहने आदि लक्षण देखिन्छ ।

विशेषज्ञहरुका अनुसार मानसिक तनावबाट मुक्ति पाउन सजिलो छैन । यसका लागि भित्र मनबाट बलियो हुनुपर्छ । मानसिक तनावलाई कम गर्न समय समयमा डाक्टरसँग परामर्श लिईरहनुुपर्छ । 
तनाव र डिप्रेशनबाट छुटकारा पाउन यी ३ सजिलो टिप्सलाई अपनाउनुहोस्  ।

१.संगीत सुन्नुहोस 

तनाव र डिप्रेशनको समस्यालाई हटाउन संगीत सहयोगी साबित हुन्छ । तनावबाट मुक्त हुन चाहनुहुन्छ भने आफ्नो मनपर्ने गीत र संगीत सुन्नुहोस । जसले मानव शरीरमा सकारात्मक उर्जाको संचार हुन्छ । यसका साथसाथै शरीरमा ह्याप्पी हर्मोन (डोपामीन) पनि निस्कन्छ । जसले तपाईलाई खुसीको अनुभूति गराउनेछ ।

२.योग र ध्यान गर्नुहोस 

तनाव र डिप्रेशन हटाउन योग र ध्यानको भूमिका निकै महत्वपूर्ण हुन्छ । चिकित्सकहरूले पनि तनाव कम गर्न दैनिक योग र ध्यान गर्न सल्लाह दिन्छन् । डिप्रेशनबाट बच्नका लागि योगका धेरै आसनहरू छन् । जसमा सुखासन, बालासन, हलासन, शवासन र उत्तानासन गर्नाले तनावबाट छिट्टै आराम मिल्ने डाक्टरहरु बताउछन् । डिप्रेशनबाट छुट्कारा लिनका लागि दैनिक बिहान र बेलुका योग र ध्यान गर्नुपर्छ ।

३.सन्तुलित आहार र स्वस्थ व्यायाम 

सन्तुलित आहार र व्यायाम मानव शरीर स्वस्थ रहन आवश्यक पर्छ । यदि तपाई तनाव र चिन्ताबाट मुक्त हुन चाहनुहुन्छ भने, दैनिक रुपमा व्यायाम गर्नुहोस् । यदि तपाईं सक्नुहुन्छ भने, पैदल यात्रा गरेर प्रकृतीसँग क्वालिटी समय बिताउन सक्नुहुन्छ ।

जसबाट तपाईले आराम पनि महसुस गर्नुहुनेछ । व्यायामले शरीरमा रक्तसञ्चारलाई सहज बनाउन मद्दत गर्छ । यसले शरीरमा एन्ड्रोफिन हर्मोन निस्कन्छ । शरीरमा एन्ड्रोफिन हर्मोन बढ्दा तनाव कम हुन्छ । 
 

Skip This
Logo