मोटोपन नबढाउन यस्तो तरिकाले खानुहोस् आलु

मोटोपन नबढाउन यस्तो तरिकाले खानुहोस् आलु

केन्द्रबिन्दु
0
Shares

आलुलाई मधुमेह र तौल बढ्ने मुख्य कारक तत्वको रुपमा हेर्ने गरिन्छ । सोही कारण पनि धेरै मानिसहरुले मोटोपना नबढोस् र मधुमेह पनि नियन्त्रणमा रहनका लागि आलुको सेवन रोक्छन् वा कम गर्छन् । तर आलु त्यति हानिकारक भने छैन।

तरकारीको राजा भएकाले आलुलाई हरेक तरकारीमा प्रयोग गरिन्छ। आलुमा पोटासियम, क्याल्सियम, आइरन र फस्फोरस जस्ता तत्व पाइन्छ । यसका अलावा आलुमा भिटामिन ए, भिटामिन बी र भिटामिन सी पनि हुन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

आलु उपभोग गर्ने सही तरिका 

यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने आलुलाई भान्साबाट बाहिर राख्नु पर्दैन । आलुको सही तरिकाले सेवन गरे आलुले तौल बढाउदैन ।
उसिनेको आलु खाँदा लामो समयसम्म पेट भरिन्छ । र त्यसले तौल बढाउदैन । चिसो उमालेको आलुमा पाइने स्टार्चले मेटाबोलिज्म बढाउँछ र बोसो घटाउन मद्दत गर्छ।

पेटको बोसो घटाउनको लागि आलुको बोक्रा नफाल्नुहोस् । बोक्रासँगै आलुलाई आफ्नो खानामा समावेश गर्नुहोस्। उच्च रक्तचापको समस्याबाट पीडित व्यक्तिका लागि पनि आलुको बोक्रा लाभदायक हुन्छ । भुटेको आलु खानुको सट्टा उमालेको बाट बनेको डिश खानुहोस्।

Skip This
Logo