यस्तो जीव जसले मानिसको अनुहारमा प्रजनन गर्छ

यस्तो जीव जसले मानिसको अनुहारमा प्रजनन गर्छ

केन्द्रबिन्दु
0
Shares

मानिसलाई उसको अनुहार सबैभन्दा महत्वपुर्ण हुन्छ । 

सुन्दर देखिन मानिसहरुले अनेक उपाय लगाउँछन् । तर, हाम्रो अनुहारमा पनि किर्ना प्रजातिका जीव हुन्छन् भन्ने सुन्दै अनौठो लाग्छ । हाम्रो छालामा डेमोडेक्स फोलिकुलारुमजस्ता किर्ना प्रजातिका जीव हुन्छन् र त्यस्ता जीवले राति सुतेको वेला सम्भोग गर्ने र बच्चा जन्माउँछन् । 

रातको समयमा ०।३ मिलिमिटरका यी जीव हाम्रो छालाका छिद्रबाट समागमका लागि जोडी खोज्न निस्कन्छन् । यी जीव रातको समयमा मात्र सक्रिय हुने र रातको समयमा जब हामी गहिरो निद्रामा हुन्छौँ उनीहरू हाम्रो छालाको छिद्रमा जान्छन्, सम्भोग गर्छन् र बच्चा जन्माउँछन् । 

हामीमध्ये ९० प्रतिशतको छालामा यस्ता जीव हुन्छन् । यस्ता जीव हामीले आमाको दूध खाँदा नै सर्ने भएकाले जन्मिएलगत्तै हाम्रो छालामा यिनीहरू आउँछन् र हाम्रो अनुहारमा बस्छन् । यी जीवले हाम्रो अनुहार छालाका छिद्र सफा गर्ने काम गर्छन् । तर नयाँ एक अध्ययनले अनुवंशमा आइरहेको क्षयीकरणका कारण यी जीव लोप हुने अवस्थामा पुगेको देखाएको छ । 

धेरै मानिस अनुहारको छालालाई घामबाट छालालाई जोगाउन, नरम बनाउन र मृतकोष हटाउन विभिन्न सौन्दर्य प्रशाधन प्रयोग गर्छन् । यसका कारण हाम्रो अनुहारको छालाको गहिराइमा जीवन बिताउनेसाना जीव संकटमा पर्ने गरेका छन् । 

Skip This
Logo