कोभिडविरुद्धको ५ लाख डोज खोप खेर गयो

कोभिडविरुद्धको ५ लाख डोज खोप खेर गयो

केन्द्रबिन्दु
0
Shares

समयमै खोप लगाउन नसक्दा नेपालमा करिब ५ लाख डोज कोरोना विरुद्धको खोप म्याद गुज्रिएर खेर गएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ति शाखाका बढेबाबु थापाका अनुसार लगभग ५ लाख डोज खोप खेर गएको आँकडा आएको हो । उनका अनुसार खेर गएको खोप धेरै कोभिसिल्ड रहेको छ। कोभ्याक्स सुविधामार्फत गत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त भएको थियो। हाल सोही खोपको १० लाख मात्रा साउन सात गतेसम्म नलगाए खोपको म्याद गुज्रिएर खेर गएको हो।

यता खोप खेर गइरहेको छ भने अर्को तर्फ यता गत चैतमा चीनको सहयोगमा आएको ४० लाख मात्रा सिनोभ्याक्स खोप भण्डार कक्षमै थन्किएर बसेको छ। सो खोप ल्याएर प्रयोग नगरीकन टेकु स्थित केन्द्रीय भण्डार कक्षमा राखिएको छ। साइनोभ्याक्स खोपको भने दुई वर्षसम्म लगाउन मिल्ने म्याद रहेको आपूर्ति शाखाले जनाएको छ।

 

Skip This
Skip This
Logo