प्रधानमन्त्री कपकाे उपाधिका लागि आज आर्मी र एपीएफ भिड्दै

प्रधानमन्त्री कपकाे उपाधिका लागि आज आर्मी र एपीएफ भिड्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौ । प्रधानमन्त्री कप(पीएम कप) एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज एपीएफ र आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।

चौंथो संस्करणको फाइनलमा पुगेका दुवै टिमले उपाधि आफूले जित्ने दाबी गरेका छन् । त्रिभुवन विश्वविद्यालयको टियु क्रिकेट मैदानमा हुने फाइनल खेल बिहान ९ बजे सुरु हुनेछ । एपीएफ खेल अवधिभर अपराजित टिम हो । आर्मी भने एपीएफसँगै ६ रनले पराजित भएको थियो । पहिलो सेमीफाइनलमा एपीएफले पुलिसलाई ३० रनले हराएको थियो । आर्मीले भने सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले हराउँदै एपीएफसँगको उपाधि भेट पक्का गरेको थियो ।

फाइनल जित्ने टोलीले १० लाख पुरस्कार पाउनेछ । यस्तै उपविजेताले ५ लाख पुरस्कार पाउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडीले ५० हजार र उत्कृष्ट बलर तथा व्याट्सम्यानले २५-२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Logo