हेलम्बुलाई एक वर्षभित्र पुरानै अवस्थामा फर्काउँछौं: अध्यक्ष शेर्पा (भिडियोसहित)

हेलम्बुलाई एक वर्षभित्र पुरानै अवस्थामा फर्काउँछौं: अध्यक्ष शेर्पा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एक वर्षभित्र गाउँपालिकालाई पुरानै अवस्थामा फर्काउने दाबी गरेका छन्।

मेलम्ची नदीमा गएको असार एक गते र त्यसपछि पनि पटक–पटक आएको बाढीले हेलम्बुको मुख्य व्यापारीक केन्द्र चनौटे बजारसहित खोला किनारका संरचना ध्वस्त पारेको थियो।

खोला किनार हुँदै माथिल्लो हेलम्बुसम्म पुग्ने सडक संरचना पनि खोलाले पुर्णतः बगाएको छ। सोही विषयमा उनले उक्त दाबी गरेका हुन्।

पालिका अध्यक्ष शेर्पाले केन्द्र र प्रदेश सरकारले विपदमा सहयोग नगरेको समेत गुनासो गरे । यत्रो विपदबाट हेलम्बु पीडित छ तर, सरकारले अहिले सम्म राहात, पुनर्उत्थान र पुर्नबासका लागि ठोस कार्यक्रमको प्याकेज घोषणा गरेको छैन । हेलम्बुले सरकार भएको महसुस गर्न पाएन, दुःखी छु, उनले भनेका छन्।

अहिले गाउँपालिकाले पीडितहरुलाई सुरक्षित स्थानमा राखेको बताएको छ। बाढीबाट सुरक्षित स्थानमा राखेका छौं। तर, उहाँहरु पाल र टेन्टको अस्थायी क्याम्पमा हुनुहुन्छ, उहाँहरुलाई छिटो सुरक्षित स्थानमा आवाससहित पुनर्बास गराउन चुनौंती छ तर, म पहल गर्छु उनले भने। उनीसँग गरिएको कुराकानी हेरौं यो भिडियोमा:

 

Logo