फुटबल हेर्नकै लागि भए पनि केही वर्ष बढी बाँच्न मन छ: बद्री पंगेनी (लोकगायक)

फुटबल हेर्नकै लागि भए पनि केही वर्ष बढी बाँच्न मन छ: बद्री पंगेनी (लोकगायक)


सुमधुर स्वरका धनि एवं चर्चित लोकगायक बद्री पंगेनीले फुटबल हेर्नकै लागि भए पनि केही वर्ष बढी बाँच्न मन भएको बताएका छन् । 

जारी युरोकप र कोपा अमेरिका फुटबलको सन्दर्भमा केन्द्रबिन्दुसँग कुराकानी गर्दै गायक पंगेनीले यस्तो बताएका हुन् । खेलहरुको राजा भनेर चिनिने फुटबलप्रति आफ्नो सानैदेखिको रुची रहेको भएपनि गायन क्षेत्र रोज्नु परेको पंगेनीले बताए । 

फुटबल खेल्नेक्रममा सानो हुँदा गोडाका औंलामा धेरैपटक घाउ लागेको उनले अनुभव शेयर गरेका छन् । 

विश्व फुटबलको कुरा गर्नु पर्दा उनले आफूलाई मनपर्ने टिम अर्जेन्टीना रहेको पनि बताए। क्रिष्टियानो रोनाल्डो, मेस्सी, नेयमार लगायतका खेलाडी मन पर्ने बताउँदै उनले यसपटक इंग्ल्याण्डले युरोकप र अर्जेन्टिनाले कोपा अमेरिका जित्ने अनुमान गरे। 

फुटबलमै केन्द्रीत रहेर केन्द्रबिन्दुका लागि मनोज न्यौपानेसृजना राईले गायक पंगेनीसँग गरेको कुराकानी हेरौं यो भिडियोमा: 

 

Logo