हाँस्य कलाकार तथा पछिल्लो समय मुन्द्रेको कमेडी क्लबबाट अन्तर्वार्ताकारको छविमा आफूलाई स्थापित गर्दै आएका जितबहादुर नेपाल (जितु नेपाल) ले काम नगरि बसेको भए आफू पनि यतिबेला विवादमै अल्झिरहेको हुने बताएका छन्।
केन्द्रविन्दुले सञ्चालनमा ल्याएको अन्तर्वार्ताकारसँग अन्तर्वार्ता (इन्टरभ्यु विथ इन्टरभिवर) नामक कार्यक्रममा उनले यस्तो बताएका हुन्।
अन्तर्वार्ता लिन भन्दा दिन सकिलो रहेको बताउँदै नेपालले भने ‘अन्तर्वार्ता भनेको ऋण दिएको जस्तै रहेछ । दिन सजिलो लिन गाह्रो । मैले सबैभन्दा नजानेको काम गरिरहेको छु।’
नेपालले हाँस्य कलाकार भएर कार्य गर्दै गर्दा आफ्नै छुट्टै कार्यक्रम चलाउँछु भनेर कुनै दिन सपना देखेका थिएनन् । उनी सुनाउँछन्, ‘सपनाको त के कुरा गरौं यस्तो कार्यक्रम चलाउँछु भनेर कल्पना पनि गरेको थिइनँ।’
उनले बाल्यकालको दशैं, आफ्नो कला यात्राको पनि स्मरण गरेका छन्। यस्तै समसामयिक विषयमा पनि आफ्ना विचार व्यक्त गरेका छन् ।
प्रस्तुत छ कलाकार जितु नेपालसँग केन्द्रबिन्दुका लागि मनोज न्यौपानेले गरेको कुराकानी यो भिडियोमा:
प्रतिक्रिया