सरकारको क्लियर भिजन नभएर हामी उद्योगीले दु:ख पायौँ: शिवरतन शारडा (भिडियो)

सरकारको क्लियर भिजन नभएर हामी उद्योगीले दु:ख पायौँ: शिवरतन शारडा (भिडियो)

केन्द्रबिन्दु
28
Shares

नेपाली उद्योग जगतमा सधैँ सर्वोच्च स्थानमा पर्नेमध्ये एक नाम हो शिवरतन शारडा । शारडा ग्रुपका अध्यक्ष शारडा आफ्नाे कुशल व्यवसायीक क्षमताका साथै होम्सी सिमेन्ट, शिवम् सिमेन्ट, सारडा ग्रुप लगायतका व्यवसायका कारण सधै जासाे चर्चामा रहन्छन् । 

करिब १९ वर्षको उमेरबाट नै आफ्नो पुर्खौली व्यवसाय सम्हाल्दै आएका शिवरतन शारडा ७२ वर्षको उमेरमा पनि युवा जोस बोकेर शारडा ग्रुपको पोलिसि मेकिङ, होम्सी सिमेन्टको बोर्ड नेतृत्व, कम्पनीका समस्याहरूलाई हेर्ने,  सरकारसँग समन्वयात्मकता भूमिकादेखि शिवम् सिमेन्टमा पनि उत्तिकै सक्रिय रूपमा रहेर काम गरिरहेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, सिएनआइ लगायतका संस्थाहरूको कार्यसमितिमा समेत बसेर काम गरिसकेका शारडा आफूले आफ्ना व्यवसायहरूमा अभिभावकको रूपमा काम गर्दै आएको बताउँछन् ।

उद्योगपति शारडाको सरकार प्रति भने निकै असन्तुष्टी देखिन्छ। व्यवसायीहरुबीच बन्न नसकेको एकरूपताका कारण निजी क्षेत्रलाई सरकारले बेवास्ता गरिरहेको उनको बुझाइ रहेको छ।

व्यवसायीहरूको हक हितमा काम गर्दै आएका वाणिज्य महासंघ, चेम्बर अफ कमर्स लगायतले सरकारसँग लबिङ गर्न नसकेकोमा उनको गुनासो रहँदै आएको छ । यस्ता संस्थाहरूले उद्योग व्यवसायीहरूको समस्यालाई सम्बोधन गर्न नसक्दा पहुँच हुनेहरूले मात्र व्यक्तिगत रूपमा सरकार र सम्बन्धित मन्त्रालयसँग लबिङ गर्नुपरेको उनी बताउँछन् ।

लकडाउनको समयमा धेरै व्यवसायहरू धराशायी भइरहेको अवस्थामा शारडाले नेतृत्व गरेको एफएनसीजीद्वारा उत्पादित बिस्कुटको व्यापार फस्टाएको थियो । उनले संकटको समयमा पनि ३ वर्षादेखि नेक्सानमा चलिरहेकाे आफ्नो व्यवसायलाई बढाउन सफल भएका थिए । 

उद्योगी शारडा भन्छन् ‘बिस्केट फ्याक्ट्री सुरु गरेको ५ वर्ष भयो हामी पहिलो दिनबाटै घाटामा थियौं। ५ वर्षको अवधिमा ३ वर्ष त हामी घाटामै थियौं। तर यो लकडाउन हाम्रो लागि अवसर भयो । हामीले पाउन नसकेको बजार लकडाउनको समयमा पायौँ ।’

हेर्नुहोस् एक पछि अर्को व्यवसायमा असफलतालाई पराजित गर्दै आएका शिव रतन शारडासँग नेपालको आर्थिक क्षेत्र, उनको व्यवसाय, निजी क्षेत्र र सरकारबीचको सम्बन्ध र सरकारका नीति र बजेटसँग केन्द्रित रहेर केन्द्रबिन्दुका लागि निकेश बरालले गरेको अन्तर्वार्ताको सम्पादित अंश:

भिडियोः

 

Logo