आगामी चुनावसम्म गठबन्धन कायम रहन्छः अजयबाबु शिवाकोटी

आगामी चुनावसम्म गठबन्धन कायम रहन्छः अजयबाबु शिवाकोटी


सत्ताघटक नेकपा एकीकृत समाजवादीले आइतबार सरकारमा रहेका चार मन्त्रीलाई फिर्ता बोलाउदै नयाँ मन्त्रीहरू सिफारिस गर्ने निर्णय गर्‍यो । तर नेकपा एसका सरकारमा रहेका मन्त्रीहरूले पार्टीको उक्त निर्णयप्रति असन्तुष्टि जनाउदै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हारगुहार गरे । फलस्वरुप मन्त्री परिवर्तन हुने कुरा तत्कालका लागि टरेको छ । मन्त्रिपरिषद् फेरबदल, सत्ता गठबन्धन, भर्खरै सम्पन्न स्थानीय निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीसँग केन्द्रबिन्दुले गरेको संवादको सारसंक्षेप ।

मन्त्रिपरिषद् परिवर्तन गर्ने विषयमा पार्टीभित्र छलफल भएको थियो ?

सरकारको नेतृत्वमा प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्रीले मन्त्रीहरू फेरबदल हुने गरेको कुरा त । पार्टीले पठाइसकेपछि फेरबदल गर्ने कुरा त होला तर प्रधानमन्त्रीले चिट्ठी आइसकेपछि थाहा पाउनु भन्दा अगाडि नै छलफल भएपछि ल हाम्रो यसरी चेन्ज हुँदैछ भन्ने थाहा पाएर त्यहीअनुसार गएर हुने हो भने एउटा प्रकृया हुन्थ्यो होला । तर अहिले मन्त्रीहरू परिवर्तन हुनुभन्दा अगाडि नै परिवर्तन भइसकेको भन्ने जसरी मिडियामा आयो त्यसले कँही न कँही प्राइममिनिस्टर माथि नै बाहिर अरू सुपर प्राइममिनिस्टरहरू थपिन लाग्यो कि भन्ने कँही न कँही परेको होला । त्यसकारणले पनि अहिले यो विषय प्रधानमन्त्रीको आफ्नो अधिकार क्षेत्रभित्र गठबन्धनको हिसाबले हेर्दा गठबन्धनको सिफारिसमा गर्ने कुरा आफ्नो ठाउँमा होला । जुन भइ पनि रहेको छ । हालै कानुनबाट उद्योगमा जानेबित्तिकै नयाँ कानुनमन्त्री थप्ने कुरामा पनि त्यहीअनुसार पार्टीको सिफारिसमा भयो ।

मन्त्रीहरूकै बारेमा, सांसद्हरूकै बारेमा यति धेरै नकारात्मक टिकाटिप्पणीहरू भइरहेको समयमा यसरी यो ६/६ महिने म्यादी खालको मन्त्री बनाउने कुरा राम्रो कुरा होइन । 

यो विषयमा पनि छलफल नभएको होइन । तर जुन ढंगले मिडियामा एकैपटक परिवर्तन भइसके भनेर जसरी बधाईहरू आउन थाले त्यसले कँही न कँही सिस्टममाथी नै गठबन्धनको दलका तर्फबाट अलिकति ओभरटेक गरेको हो कि भन्ने जस्तो देखिँदा त्यसले कन्फ्युजन क्रेट गरेको छ । होइन भने हिजै सिफारिस हुनेबित्तिकै परिवर्तन हुने थियो । तर अहिले त्यो अवस्था देखिएको छैन । 

अहिले पनि जसलाई हटायौँ र जसलाई ल्याउने भनेर सिफारिस भएको छ हटाइनेहरू गठबन्धनका अन्य विभिन्न नेताहरूलाई गएर भेट्ने लगायतका कामहरू जुन ढंगले भइरहेको छ । त्यसले केही कन्फ्युजन पैदा भएको छ । 

अहिले बाहिर दुईथरि कुरा आएको छ । मन्त्री परिवर्तन गर्ने विषयमा गठबन्धनभित्र छलफल त गर्नुपर्‍यो नि भन्ने कुरा पनि आएको छ । र सँगै प्रधानमन्त्रीको संकेत पाएर नेकपा एकीकृत समाजवादीले निर्णय गर्‍यो भन्ने कुरा पनि आएको छ । यो विषयमा गठबन्धनमा छलफल भएको थिएन ?

को हट्ने को राख्ने भन्ने कुरा दल विशेषको होला । तर यो विषय सरकारको पुर्नगठनसँग जोडिने भएकाले प्रधानमन्त्रीको सहमति स्वयं त्यो दलबाट पनि लिनुपर्ने हो । प्रधानमन्त्रीलाई सम्बन्धित दलले सहमतिमा नलिइकन एक्कासि यो विषय आउँदा त्यसले कन्फ्युजन क्रेट गरेको छ । अहिले कसले के भन्यो भन्दैगर्दा संकेत पाउने नपाउने दोस्रो कुरा हो । उसै पनि यति सानो देशमा यति धेरै नेगेटिभिटी छ दलहरूप्रति, नेतृत्वप्रति । मन्त्री कति भए ? अहिलेसम्म त्यसको बारेमा यतिधेरै चर्चाहरू भइरहदा। मन्त्रीहरूकै बारेमा, सांसद्हरूकै बारेमा यति धेरै नकारात्मक टिकाटिप्पणीहरू भइरहेको समयमा यसरी यो ६/६ महिने म्यादी खालको मन्त्री बनाउने कुरा राम्रो कुरा होइन । 

उहाँहरूले हामीले म्याद तोकेर पठाएका थियौँ । त्यतिञ्जेल राम्रो काम गरेपनि नराम्रो काम गरेपनि हामी चेन्ज गरेर नयाँ मान्छेलाई अवसर दिने भन्ने कुरा गरिरहनुभएको छ । तर अवसर दिने नाममा जुन किसिमको म्याद तोकेर पठाउने र म्यादी मन्त्री हुदैगर्दा भोली काम गर्ने सन्दर्भमा अर्को नयाँ आउने मान्छेलाई पनि काम गर्न गाह्रो हुन्छ । यद्यपी यो अब थपिने मान्छेहरू आउने संसदीय चुनावसम्म यीनिहरू नै रहलान् । तर त्यो म्याद तोकेर सबैलाई मन्त्री बन्ने रहर पुरा गर्नका लागि मात्र पुर्‍याउने कुराले यो व्यवस्थामाथी नै थप वितृष्णा बढाउने काम गर्छ । 

गठबन्धनको विषयलाई लिएर विभिन्न क्रिया प्रतिक्रियाहरू आइरहेका हुन्छन् । यस विषयमा तपाई लगायत पार्टीभित्रका युवाहरूको बुझाइ के हो ?

हामीले गठबन्धन गर्ने नगर्ने सन्दर्भमा पार्टीको केन्द्रीय समितिको बैठकमा आ आफ्नो मत राख्यौ । पार्टीले एउटा निर्णय गर्‍यौँ । गठबन्धन भयो । त्यो निर्णय लिएर हामी चुनावमा गयौँ । यद्यपी स्थानीय आवश्यकता र अवस्थाअनुसार भन्ने जुन निर्णय थियो त्यसमा टेकेर पनि कतिपय ठाउँमा गठबन्धन भएन । आ आफ्नो हिसाबले चुनाव लड्यौँ । त्यति हुदाहुदै पनि कतिपय ठाउँमा स्वस्थ प्रतिस्पर्धा पनि भयो । स्थानीय स्तरमा कतिपय ठाउँहरूमा वडातहसम्म पनि गठबन्धन पनि भयो । कतिपय ठाउँमा वडा तहमा नभएर खाली पालिकाको प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षमा मात्रै पनि भयो । कतिपय ठाउँमा स्वस्थ प्रतिस्पर्धा पनि भयो । यी सबै हेर्दैगर्दा हामीले जुन उद्देश्यका साथ गठबन्धन गरेर यो सरकार बनेको थियो त्यो उद्देश्य प्राप्तीका लागि त्यसलाई केही समयसम्म क्यारि गर्नुपर्छ यो गठबन्धन लिएर जानुपर्छ भन्ने जुन बुझाइ थियो त्यो अहिले पनि नेतृत्व तहमा कायमै छ । तर यसबाट हामीले फाइदा लियौँ त पार्टीको तर्फबाट भन्ने सन्दर्भमा दुईवटा मिश्रित कुरा छन् ।

अहिले पनि जसलाई हटायौँ र जसलाई ल्याउने भनेर सिफारिस भएको छ हटाइनेहरू गठबन्धनका अन्य विभिन्न नेताहरूलाई गएर भेट्ने लगायतका कामहरू जुन ढंगले भइरहेको छ । त्यसले केही कन्फ्युजन पैदा भएको छ । 

एउटा गठबन्धन नभएको जति ठाउँ थियो ४ सयको आसपासमा । त्यसको आधा जति ठाउँमा २०० जति ठाउँमा हामीले गठबन्धन नभएकै ठाउँमा चुनाव जित्यौँ । तर गठबन्धन गरेकै ठाउँमा पनि चुनाव हार्‍यौँ भन्ने पनि छ । ३०० जति ठाउँमा गठबन्धन भएको थियो । हामीले १०० बढीमा चुनाव जित्यौँ । त्यसरी हेर्दा हामीले गठबन्धन भएको ठाउँमा भन्दा गठबन्धन नभएको ठाउँमा हामीले जितेको देखिन्छ ।

माओवादी र नेकपा एकीकृत समाजवादीले गठबन्धनभित्र नेपाली कांग्रेसले धोका दियो भनिरहेको छ । के चुनावमा कांग्रेसले धोका दिएको हो ?

कार्यकर्ता पंति परिचालित गर्ने, क्याडरबेश पार्टीभित्र जति भनेको कन्भर्ट हुन्छ पनि होला । तर यसपटक स्वयं नेकपा एमाले, माओवादी नेकपा एसभित्र पनि कति अन्तर्घातको कुरा आएका छन् । यसले भएको जति सबै कन्भर्ट हुदैन रहेछ भन्ने कुरा ति कुराहरूले पनि देखाउछ । यसले भएजति पार्टीसँग जोडिएका सबै क्याडर त कन्भर्ट हुन गाह्रो छ भने तिनीसँग जोडिएका मतदाता खेताला त होइनन् नि त भएजति सबै कन्भर्ट हुने । झन् त्यसमाथी पनि एउटा डेमोक्रेट पार्टीको भोटरको हिसाबले हेर्दा त्यहाँभित्र बिरोध गर्न, असहमति राख्न पनि पाउछ कार्यकर्ताले त । भनेको असहमति राख्न कार्यकर्ताले पाउछ भने त त्यो मतदाताले त त्यो भन्दा बढी स्तवन्त्रता त्यसलाई छ । त्यसकारण भन्नेबित्तिकै सबै भोट कन्भर्ट हुन्छ भन्ने कुरा छैन । 

अहिले कसले के भन्यो भन्दैगर्दा संकेत पाउने नपाउने दोस्रो कुरा हो । उसै पनि यति सानो देशमा यति धेरै नेगेटिभिटी छ दलहरूप्रति, नेतृत्वप्रति ।

अर्को कुरा ठुलो भाँडोबाट सानो भाँडोमा खन्याउदा पोखिने पनि रहेछ । अहिले भएको पनि त्यही हो । त्यसैले एलाइन्स हुनेबित्तिकै सबै भोट हुन्छ भन्ने नहुने रहेछ । कति ठाउँमा सबै भोट गएको पनि छ । तर विगतमा ती दलहरू, त्यहाँको स्थानीय नेतृत्व गुज्रिएको थियो भन्ने कुराको आधारमा पनि भोट कन्भर्ट भएको अवस्था छ ।

यो गठबन्धनले अघिल्लो चुनावमा दोस्रो भएको कांग्रेसलाई फाइदा त भयो नि त ?

फाइदा त देखिएको छ । किनभने हामी यो निर्वाचनबाट ३०० बढी ठाउँ जितेको छौ । अघिल्लो निर्वाचनमा हामीले २०० बढी मात्रै जितेका थियौँ । १०० बढी त हामी फाइदामै छौ । यद्यपी यो पटक हामी केन्द्रमा गठबन्धनको आधारमा सरकार बनेको छ भने त्यसलाई ब्रेक गरेर फेरि स्थानीय तहमा हामीलाई फाइदा भइहाल्छ भनेर जाने कुराले कँही न कँही सेल्फिस देखिन्छ भन्ने हिसाबले पार्टी नेतृत्वले निर्णय गर्‍यो । त्यसलाई लागु पनि भयो । लगभग आधा ठाउँमा गठबन्धन भयो । 

तर त्यो गठबन्धन नभएको भएपनि यो पटक नेकपा एमाले पनि फुटेको थियो । हिजोको नेकपा पनि फुटेर ३ वटा भएको थियो । एमाले पनि फुटेर २ वटा भएको थियो । यी सबैले हेर्दैगर्दा हामीले त्यसको फाइदा लिनसक्थ्यौँ भन्ने हो । तर त्यति हुदाहुदै पनि केन्द्रले निर्णय गरिसकेपछि त्यसको बिपक्षमा जाने कुरा थिएन । र त्यसको बिपक्षमा खास नगईकनै स्थानीय तहहरूमा पार्टीको नेता कार्यकर्ताले आफ्नो भूमिका निर्वाह गरे त्यसले एकखालको उत्साहजनक अवस्थामै पार्टीलाई पुर्‍यायो ।

निर्वाचनपछि गठबन्धनका विषयमा विभिन्नखाले क्रिया प्रतिक्रियाहरू आइरहेका छन् । यो गठबन्धन संघीय निर्वाचनसम्म जानसक्ने सम्भावना के हो ?

नेताहरूको कुरा प्रतिक्रयाहरू सँगसँगै हामीले पनि नेताहरूसँग गरेका संवादहरूमा । हाम्रो पनि स्थानीय स्तरबाट प्राप्त गरेको इन्पुट जुन छ । र हामीलाई आधार बनाएर नेताहरूले पनि निर्णय गर्ने कुरामा कँही न कँही पुग्ने हुनाले । अहिले नेताहरूले कार्यकर्ता अगाडि उभिएर भनेको कुराहरूलाई एक ढंगले छाड्ने हो भने । जुन आवश्यकताले यो सरकार र गठबन्धन बन्यो । त्यस हिसाबले आगामी संघीय र प्रदेशको निर्वाचनसम्म यो गठबन्धन कायम रहन्छ भन्ने लाग्छ । यद्यपी जुन किसिमले कतिपय नेताहरूले । खासगरी कतिपय नेकपा एस र माओवादीका नेताहरू । कतिपय कांग्रेसकै नेताहरूबाट पनि फरक मतहरू आइरहेका छन् । ती फरक मतलाई पनि व्यवस्थापन गर्दै जाने हो भने यो एलाइन्स त्यहाँसम्म पुग्छ भन्ने कुरामै म विश्वस्त छु । 

अहिले एकातिर फरक लोकतान्त्रिक गठबन्धनको कुरा आइरहेको छ । भने अर्कोतिर बाम गठबन्धनको कुरा पनि आइरहेको छ । माओवादी र नेकपा एसका अध्यक्षहरूले मलाई प्रधानमन्त्रीको प्रस्ताव आएको छ भनेर पनि भनिरहनुभएको छ । के यो गठबन्धन भत्किदैछ भन्ने संकेत हो ?  

अहिले जुन किसिमले यो लगभग एक वर्षको बीचमा सरकार बन्यो । विगतमा जुन नेकपा नेतृत्वको सरकार थियो । त्यो पार्टी विभाजन भएर यहाँसम्म आइपुग्दा एउटा स्थानीय तहको चुनावलगत्तै त्यो हिजोको दिनमा नेकपा फुटेको औचित्य पनि पुष्टी गर्नुपर्‍यो । र जुट्न जाने औचित्य पनि पुष्टी गर्नुपर्‍यो । सम्भवतः तत्कालिन नेकपाभित्रका ३ वटै घटकका तर्फबाट जवाफ दिनुपर्छ होला । किनभने किन हिजो फुटायौँ भन्ने कुराको कन्भिन्सिङ जवाफ छैन । र अहिले किन मिल्ने जाने भन्ने कुराको पनि कन्भिन्सिङ जवाफ छैन । तत्कालिन नेकपाको अहिलेको तिनवटै घटकको अहिलेको नेतृत्वको कुरा बुझ्ने हो र त्यहाँभित्रको दन्तबझानहरू हेर्ने हो भनेपनि अहिले तत्काल मिलिहाल्छ भन्ने मलाई लाग्दैन । कतिपयलाई यस्तो भइदिए हुन्थ्यो भन्ने लागेको होला । कतिपय नेताहरूको इच्क्षा पनि होला । साँच्चिकै व्यवहारिक रुपमा कन्भर्ट हुन्छ की हुदैन भन्ने कुरा तत्काल देख्दिन । 

सक्रिय सदस्यता बढ्नेबेला देखि नै युवाहरूको सहभागीता बढेको छ । लगभग आधा संख्या त युवाहरूको छ । उमेर समूहको हिसाब गर्दा २० देखि ४४ वर्षको समुह हेर्दा झण्डै आधा जति छ ।

यसको मतलब केहीपनि भएको छैन त भन्ने कुरा पनि होइन । केही नभइकन त यो कुरा बाहिर आएको त छैन । तर यति कुराले नै अहिले गठबन्धन कमजोर भएको रुपमा मैले बुझेको छैन । गठबन्धनको बारेमा चुनावमा उठि नै सकेपछि जित्ने हार्ने दुवै पक्षका आ आफ्नै कुरा छन् । हार्ने पक्षलाई हामीलाई कसैले धोका दियो भन्ने लागेको होला । मकहाँ नै नेपाली कांग्रेसका थुप्रै जिल्लाका नेता कार्यकर्ताले भागबण्डा गरेर गएका ठाउँहरूमा स्वयं माओवादीका तर्फबाट उम्मेदवार बनाइयो । कतिपय कांग्रेसले पाएको ठाउँमा माओवादीले टिमै उठायो । कतिपय ठाउँमा स्वतन्त्र उठाएर माओवादीले सपोर्ट गर्‍यो । यस्तो पनि भएको छ । तर त्यसलाई हेरेर अब आउने दिनमा गठबन्धन गर्दैनौ भन्ने हो भने अहिले गठबन्न ब्रेक होस् भन्ने पक्षलाई त फाइदै पुर्‍याउछ । 

तर तिनवटै दलका नेताहरूको विवेकमा विश्वास छ । उहाँहरूले यीनलाई नै हेरेर गठबन्धन जोगाउनुहुन्छ । विराटनगरमा समाजवादीका नेताको छोराले चुनाव हार्नुभयो । उहाँको असन्तुष्टि छ तर उहाँ पनि यो गठबन्धन जोगाउने पक्षमा हुनुहुन्छ । यति हुदाहुदै पनि गठबन्धनलाई लिएर जाने कुरामा दलका नेताहरू एकठाउँमा उभिनुहुन्छ भन्ने कुरामा म विश्वास गर्छु ।

तपाईँ त पत्रकारिता छाडेर राजनीतिमा लाग्नुभयो । नेपाली कांग्रेसमा युवाहरूले स्पेशै पाउदैनन् भन्ने बुझाइ छ । तपाई केन्द्रीय समितिमा गइसकेपछि कस्तो अनुभव गर्नुभएको छ

नेपाली कांग्रेसबाट केन्द्रीय समितिमा मात्र होइन सक्रिय सदस्य जुन पहिले साढे चार ला पाँच लाख थिए । त्यसको संख्या लगभग डबल भयो । नौ लाख बढी भएको छ । त्यो सक्रिय सदस्यता बढ्नेबेला देखि नै युवाहरूको सहभागीता बढेको छ । लगभग आधा संख्या त युवाहरूको छ । उमेर समूहको हिसाब गर्दा २० देखि ४४ वर्षको समुह हेर्दा झण्डै आधा जति छ । त्यसपछि त्यहाँबाट निर्वाचित भएर गएका क्षेत्रिय प्रतिनिधिहरू हेर्दा पनि त्यहीअनुसारको प्रतिनिधित्व छ । महाधिवेशन प्रतिनिधि, जिल्लाहरूमा पनि जुन किसिमको सहभागिता वृद्धि भएको छ । 

यसको मतलब केहीपनि भएको छैन त भन्ने कुरा पनि होइन । केही नभइकन त यो कुरा बाहिर आएको त छैन । तर यति कुराले नै अहिले गठबन्धन कमजोर भएको रुपमा मैले बुझेको छैन ।

भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावहरूमा पनि वडाअध्यक्षहरू ४० वर्षभन्दा कम धेरै छन् । भनेपछि कार्यान्वयन गर्ने तह भनेको त वडा हो नि त । वडादेखि नै माथिसम्मै हेर्दै जाँदा युवाहरूको संख्या बढीरहेको छ । अर्को पार्टीभित्र पनि युवाहरूको संख्या बढीरहेको छ । हामी नै अहिले ३० वर्षदेखि ४०/४५ वर्षभित्रको उपस्थिती नै केन्द्रीय समितिभित्र उल्लेख्य छ । कम्तिमा १०/१५ जना त हामी त्यही उमेरसमूहका छौ । यो उपस्थिती कांग्रेसको डेढ सय बढीको केन्द्रीय समिति छ । त्यसमा पनि हामी जति साथीहरू आएका छौ । त्यसले पनि युवाहरूको भूमिका बढ्दैछ है भन्ने देखाउछ । विभागहरू बन्नेबेलामा हामीले भूमिका पाउने हो । त्यसपछि हामीले काम देखाउने ठाउँ पाउछौ । अहिले पनि घोषणापत्र बनाउने लगायतका समितिहरूमा बसेर काम गर्ने भूमिका पायौँ ।

खासगरी घोषणापत्र बनाउने कार्यमा केही सिनियरहरूले परामर्श दिनुभयो । बाँकी सबै काम युवाहरूले गर्नुभयो ।नीति निर्माण तहदेखि कांग्रेसमा युवाहरूको भूमिका बढिरहेको छ । पहिलेजस्तो कमजोर अवस्था छैन । यो निर्वाचनबाट कांग्रेस लगायत अन्य पार्टीहरू, स्वतन्त्र उम्मेदवारहरू पनि जुन ढंगले आए । यसले आउने दिनमा युवाहरूको उपस्थिती वृद्धि गर्छ भन्ने विश्वास छ । 

Logo