मानिसमा भेटियो ‘कुकुर कोरोना भाइरस’ तर, डराउनु भने पर्दैन!

मानिसमा भेटियो ‘कुकुर कोरोना भाइरस’ तर, डराउनु भने पर्दैन!

केन्द्रबिन्दु
0
Shares

वैज्ञानिकले मलेशियामा कोरोना भाइरसको नयाँ प्रजातिको खोज गरेका छन्। जुन कुकुरमा हुने गरेको छ। साथै कुकुरबाट मानिसमा सर्ने सम्भावना रहेको पनि जनाएका छन् । तर, मानिसका लागि खतरा रहे नरहेको बारेमा भने वैज्ञानिकले स्पष्ट बताएका छैनन्। 

वैज्ञानिकले निमोनियाबाट पीडित केही मानिसमा उक्त भाइरस भेटिएको जनाएका छन् । सुन्दा केही भयावह लागे पनि विश्लेषणपछि भने यसबाट डराउनु पर्ने देखिंदैन । 

मलेशियाको सरवाकको एउटा अस्पतालमा ८ जना मानिसमा कुकुरमा हुने कोरोना भाइरस भेटिएको बारेमा वरिष्ठ अन्तर्राष्ट्रिय वैज्ञानिकको एक समूहले सम्बन्धित विभागमा यसको जानकारी गराएको थियो। 

वरिष्ठ वैज्ञानिक एलर्टले मानिसमा कुकुर कोरोना सर्ने नसर्ने बारेमा प्रश्न उठाएका छन् । जो मानिसमा यस सार्स कोभि–२ भाइरस भेटिएको थियो जुन कोभिड–१९ को कारण बन्न सक्छ तर, त्यो भन्दा अलग रहेको पाइयो। तर, कुकुरले मानिसमा कोरोना भाइरस सार्न सक्ने बारेमा भने निरन्तर शोध चलिरहेको छ । 

कोरोना भाइरस परिवारको भाइरसलाई चार भागमा विभाजन गरिएको छ । जसमा अल्फा, बिटा, गामा तथा डेल्टा रहेका छन् । सार्स कोभि–२ बिटा समूहको भाइरसमा आउँछ । तर, कुकुरमा हुने कोरोना भने अल्फा समूहको भाइरसमा पर्ने गर्छ । 

वैज्ञानिकलाई यस कुकुर कोरोना भाइरसको बारेमा ५० वर्ष अघि नै जानकारी थियो। यति लामो अन्तरालमा यस भाइरस भने अलग अस्तित्वका साथ गुपचुप बसेको पाइएको थियो। केवल पशु चिकित्सक तथा कुकुर पाल्ने मानिसले मात्रै यस भाइरसको बारेमा चासो राख्ने गर्थे। 

कोभिड–१९ पछि कुनै जनावरबाट मानिसमा सर्ने सबैभन्दा नयाँ भाइरसको नाम CCov-HuPn-2018 राखिएको छ। तर, क्लिनिकल इन्फेक्सियस डिजिजमा प्रकाशित रिसर्चका अनुसार कुकुरबाट मानिसमा सर्ने भनिएको कोरोना भाइरस बच्चाको निमोनियाको कारण बनेको पाइएन । 

कुकुरमा हुने कोरोना भाइरस मानिसमा सरेको कुनै पनि जानकारी हालसम्म प्राप्त भएको छैन । तर, कोरोना भाइरसको संसारभरि चर्चा भइरहेका बेला यो पनि चर्चामा आएको हो। 

Skip This
Skip This
Logo