#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व336374211007961768341124946049
नेपाल762584912039655371
अर्थ

दूधकोशी नदीमा ७० मेगावाटको विद्युत् उत्पादन अनुमति

सोलुखुम्बु । दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी

प्रदेश २

गैरकानूनी रुपमा सञ्चालनमा आएका सर्लाहीका सोह्र क्रसर उद्योग बन्द

सर्लाही । जिल्लामा गैरकानूनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन् । वातावरण तथा विपद् व्यवस्थापन शाखाको मापदण्ड अनुसार ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् , बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७७ विपरीत सञ्चालन भएका जिल्लाका क्रसर उद्योग बन्द गर्न

प्रदेश ३

बागमती प्रदेश सांसद मुनु सिग्देललाई कोरोना पुष्टि

काठमाडौं । बागमती प्रदेश सांसद मुनु सिग्देललाई कोरोना संक्रमण देखिएको छ। असोज ५ गते हेटौंडाबाट काठमाडौ आएकी उनलाई कोरोना पुष्टि भएको हो। सामान्य रुघाखोकी लागेपछि कोरोना परीक्षण गराएकी सिग्देलको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो। आफूलाई संक्रमण पुष्टि भएपछि उनी हाल

प्रदेश ४

जनभावना अनुसार काम गर्न सरकारलाई काँग्रेस नेता भण्डारीको सुझाव

तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले जनभावना अनुसार काम गर्न सरकारलाई सुझाव दिएका छन् । काँग्रेस बन्दीपुर गाउँ समितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले चुनावमा गरिएका प्रतिबद्धता बमोजिम काम गर्न सरकारलाई सुझाव दिएका हुन् ।

स्वास्थ्य

विश्वमा कोरोना : यस्तो छ पछिल्लो अवस्था

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाख भन्दा बढी पुगेको छ । विश्वलाई नै प्रभावित पार्ने गरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य क्षेत्रमा पनि व्यापक नोक्सानी भएको छ । कोरोना महामारीले विश्व

अर्थ

स्याङजामा अण्डा राख्ने क्यारेट उत्पादन, कोरोना कहरमा पनि १७ जनालाई नियमित रोजगारी

स्याङजा । हामीमध्ये धेरैले प्रयोग भइसकेका कागज, कार्टुनहरुलाई फोहोरका रुपमा डष्टविनमा फाल्छौं होला ! त्यसले फोहोरको मात्रा त बढाउँछ नै, उचित व्यवस्थापन गर्न नसक्दा वरिपरिको सुन्दरता नै मेटिदिन्छ र वातावरण प्रदूषण गर्छ । तर यिनै फालिने कागजजन्य वस्तुबाट अण्डाको क्यारेट

प्रदेश ३

सम्झना विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग

काठमाडौं । नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्ता लगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ । “घटना भएको ६ दिन पुगिसक्दासमेत अपराधीको पहिचान गर्न नसकेकाले तत्काल सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्न र

प्रदेश ४

बागलुङको बाढीपहिरोमा १६ जना अझै बेपत्ता

बागलुङ । यस वर्षको मनसुन शुरु भए यता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का

अर्थ

मालपोत कार्यालयमा भिड बढ्दै, कोरोना संक्रमणको जोखिम उच्च

कैलाली । मालपोत कार्यालय कैलालीमा सेवाग्राहीको भिड बढ्दै गएपछि कोरोना संक्रमणको जोखिम पनि बढेको छ । कार्यालय परिसरमा दैनिक सयौँको संख्यामा सेवाग्राही सेवा लिन आउने गरेका छन् । जसका कारण संक्रमणको जोखिम बढेको छ । सुरक्षाका मापदण्ड पालना गर्दै विभिन्न

विशेष

धर्मपुत्रीको आगमनले कसरी भयो पारिवारिक विखण्डन ?

काठमाडौं । नेपालका ठूला व्यवसायिक घराना ज्योति समूहभित्र देखिएको पारिवारिक विवाद थप चर्किंदै गएको छ । अंशवण्डाबाट शुरु भएको विवाद अहिले प्रशासनदेखि अदालतसम्म पुगेको छ । यसका पछाडि अनेकौ कारणहरु फेला परेका छन् । ती विविध कारण मध्ये रुप ज्योतिकी

अर्थ

सन् २०२० मा चीनको अर्थतन्त्र २ प्रतिशत बढ्ने विश्व बैंकको प्रक्षेपण

बेइजिङ । सन् २०२० मा चीनको अर्थतन्त्र २ प्रतिशतले बढ्ने प्रक्षेपण विश्व वैंकले सोमबार गरेको छ । जुनमा गरिएको प्रक्षेपणमा एक प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो । यो वृद्धि सरकारी खर्च, बलियो निर्यात र मार्चदेखि चीनमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा रहनु

प्रदेश ३

उपत्यकामा सवारी चेकजाँचमा कडाई, एकै दिन ८ सय सवारी कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाई गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागू हुने गरी उपत्यका भित्र जोर बिजोर प्रणाली अनुसार सवारी सञ्चालन गर्ने निर्णय गरे अनुसार चेकजाँचमा कडाई गरिएको