हरारे, ८ मंसिर । जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेको ३७ बर्षे शासनकाल ढलेको छ । गरिब देशका धनाढ्य राष्ट्रपति रहेका मुगाबे र उनको परिवारले भ्रष्टाचारबाट आर्जित सम्पतिले मोजमस्ती गरिरहेका थिए । उनीहरुको जीवनशैली बेलाबेलामा चर्चाको बिषय बन्ने गथ्र्यो ।
देश गरिब छ । तर, त्यही देशमा यस्ता धनाढ्य पनि छन्, जसको जीवनस्तर हेर्दा जिब्रो टोकिन्छ । यस्तै धनाढ्य बच्चाहरुको फोटो अहिले सार्वजनिक भएको छ । उनीहरुको साथमा महंगा लक्जरी कारदेखि प्राइभेट जेटसम्म देखिन्छ ।
धेरैजसो फोटोमा मुगाबेको छोरा आफ्ना साथीहरुको साथमा देखिन्छन्, अधिकांश तस्विर हेर्दा उनीहरु लक्जरी लाइफस्टाइल बिताइरहेको देखिन्छ । यसका साथै केहि यस्ता व्यक्ति पनि देखिन्छन्, जो अर्बौ कुम्ल्याएर पनि शानकासाथ बसेका छन् । राष्ट्रपति मुगाबेसँग त्यहाँका धनाढ्यहरुको राम्रै साठगाँठ थियो । जिम्बाब्वेका सबैभन्दा धनी व्यक्ति विकनेल चिवायोसँग मुगाबे परिवारको राम्रो सम्बन्ध थियो । आफ्ना अथाह सम्पतिका मालिक चिवायोको इन्टाग्राममा ७५ हजार फलोअर्स रहेका छन् ।
मुगाबेले ३७ बर्षे शासनकालमा देशलाई लथालिंग बनाए । उनको तानाशाही रवैया र भ्रष्टाचारको कारण देशको आर्थिक स्थित एकदमै नाजुक बनिसकेको थियो । यस्तो अवस्थामा सेनाले उनलाई हालै नजरबन्दमा राखेको छ । यससँगै उनको शासन पनि समाप्त भयो । एजेन्सी
प्रकाशित: ८ मंसिर २०७४ १६:५० शुक्रबार