चाणक्यका ६ सूत्र : जुन जानेपछि जीवन सुध्रिन्छ

चाणक्यका ६ सूत्र : जुन जानेपछि जीवन सुध्रिन्छ

केन्द्रबिन्दु
0
Shares

चाणक्य वा कौटिल्य इसा पूर्व ३७०–२८३ ताका तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए । उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए । उनी राजनीति र कूटनीतिका ज्ञाता थिए । उनले अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए ।

मुद्राराक्षसको अनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो । विष्णुपुराण, भागवत आदि पुराणहरू तथा कथासरित्सागर आदि संस्कृत ग्रन्थहरूका अतिरिक्त बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिन्छ । बुद्धघोषद्वारा बनाइएको विनयपिटकको टीका तथा महानाम स्थविर रचित महावंशको टीकामा चाणक्यको वृत्तान्त दिइएको छ ।

चाणक्यको जीवनका घटनाहरूको विशेष सम्बन्ध मौर्य चन्द्रगुप्तको राज्यप्राप्तिसँग रहेको छ । उनी त्यस समयका प्रसिद्ध विद्वान थिए । उनको जीवन निकै सरल थियो भन्ने मान्यता छ । चाणक्यका विषयमा विद्वानहरूबीच विवाद छ ।

चाणक्यको नाम लिनेबित्तिकै धेरैले चाणक्यको नीति सम्झन्छन् । उनको नीतिका महत्वपूर्ण भनाइहरू यस्ता छन् :

  • मेहेनत गरे दरिद्रता रहँदैन, धर्म गर्नाले पाप रहँदैन, चुप लागेर बस्नाले झगडा हुँदैन अनि जागृत रहे डर हुँदैन ।
  • संसार एक तीतो रुख हो, जसका २ वटा फल मात्र मीठा हुन्छन्– एक मधुर बोली र अर्को सज्जनहरूको संगत ।
  • ब्राह्मणहरूको बल विद्या हो, क्षत्रियहरूको बल सेना हो, वैश्यहरूको बल धन हो भने शूद्रहरूको बल सेवा हो ।
  • जुन व्यक्तिका छोराछोरी उसका नियन्त्रणमा रहन्छन्, जसको पत्नी आफ्नाअनुसार आचरण गर्छन् र जो व्यक्ति आफूले कमाएको धनसँग सन्तुष्ट हुन्छ । त्यस्ता व्यक्तिका लागि यो संसार नै स्वर्ग हो ।
  • त्यही गृहस्थी सुखी हो जसको सन्तानले उसको आज्ञा पालन गर्छन् । आफ्ना छोराछोरीको भरणपोषण र शिक्षादीक्षा राम्रोसँग बाबुको कर्तव्य हो । यसैगरी त्यस्ता व्यक्तिलाई मित्र भन्न सकिँदैन जसप्रति विश्वास गर्न नसकियोस् अनि त्यस्ती श्रीमती व्यर्थ हुन्छिन् जसबाट कुनै पनि प्रकारको सुख प्राप्त नहोस् ।
  • जो मित्र आफ्ना अगाडि पर्दा चिप्लो कुरा गर्छ अनि पिठिउँपछाडि तपाईंको काम बिगारिदिन्छ त्यस्ताको त्याग गर्नुमै भलाइ छ । त्यस्ता व्यक्ति भित्र विषले भरिएको तर मुखमा अलिकति दूध हालिएको घैँटोसमान हुन् ।

Skip This
Skip This
Logo