मफलर लगाउने ५ स्टाइल जसले तपाईको पर्सनालिटी निखार्छ

मफलर लगाउने ५ स्टाइल जसले तपाईको पर्सनालिटी निखार्छ

केन्द्रबिन्दु
0
Shares

अहिलेको जाडोको फेसनमा मफलर निकै चलेको छ । अचेल बजारमा जताततै मफलर देखिन्छ । खासमा मफलर जाडोमा न्यानो बनाउनको लागि लगाइन्छ । न्यानोको लागि मात्र नभएर पछिल्लो समयमा स्टाइलिस देखिनको लागि पनि मफलरको प्रयोग बढेको छ ।

हुन त मफलरको फेसन भर्खरै आएको भने होइन । ७० दशकमा बलिउडको अभिनेता देवानन्दले लगाउँदा पनि उत्तिकै क्रेज बढेको थियो जति अहिले ट्रेन्डमा छ । मफलर अलग अलग तरिकाले लगाएर आफ्नो पर्सनालिटीमा थप निखार र नयाँपन देखिन सकिन्छ ।

स्टाइल–१

यो स्टाइल खासगरी क्याजुअल कपडा, ज्याकेट, स्वेटर, हुडसँग राम्रो देखिन्छ । यस्तो स्टाइलको लगाउनको लागि मफलरलाई डबल बनाउने र घाँटीमा लगाउने र बन्द भएको ठाँउपट्टि खुल्ला भएको मफलरको भाग घुर्साने । यस्तो तरिकाले मफलर लगाउन पनि सजिलो हुन्छ र हेर्दा पनि राम्रो र स्टाइलिस देखिन्छ ।

 

 

 

 

स्टाइल–२

यो स्टाइल धेरैजसो सबै कपडासँग लगाउन सकिन्छ । तर लेदर ज्याकेट, कोट वा ब्लेजरसँग लगाउँदा आकर्षक र नयाँ लुक देखिन्छ । यस्तो स्टाइलको मफलर लगाउनको लागि घाँटीमा एक फन्को लगाएर दुवै पट्टिबाट झार्नुपर्छ । यो स्टाइल पुरानै भए पनि सधै फेसनेवल छ ।

 

 

स्टाइल–३

यो स्टाइल छोटो मफलर छ भने बेस्ट हुन्छ । यसको साथै अग्लो केटाहरुको लागि राम्रो देखिन्छ । यसलाई लगाउनको लागि केहि गर्न पर्दैन । आफुलाई मनपर्ने मफलरको गलामा दुवैपट्टिबाट झार्नुपर्छ ।

स्टाइल–४

यो मफलर लगाउँदा क्लासिक लुक्स देखिन्छ । यो लुक क्याजुअल कपडामा सबैभन्दा राम्रो देखिन्छ । यस्तो स्टाइलको मफलर लगाउनको लागि एकापट्टि अगाडि झार्ने र अर्को पछाडि झार्ने । यस स्टाइलमा गर्मीमा पनि लगाउन सकिन्छ । लाइट कपडामा डार्क र डार्क कपडामा लाइट कलरको मफलर लगाउँदा आकर्षक देखिन्छ ।

स्टाइल–५

यस लुकलाई ‘विकेन्डर लुक’ भनिन्छ । यदि साथीहरुसँग बाहिर घुम्न निस्कदै हुनुहुन्छ वा जाडो धेरै भइरहेको छ र मोटो कपडा लगाउनुभएको छ भने यस्तो लुक राम्रो देखिन्छ । यस तरिकाले मफलर लगाउनका लागि मफलरको गलामा पुरै बेर्ने वा एक हिस्साको बाहिर निकालेर ज्याकेट, कोट, ब्लेजरको भित्र हाल्ने ।

Logo