सेतो कपडाको आयु कसरी बढाउने ?

सेतो कपडाको आयु कसरी बढाउने ?

केन्द्रबिन्दु
0
Shares

मन परेर किनेको कपडामा दाग लागेर बिग्रदा जो कसैको मन कुडिँन्छ । महंगो पैसा तिरेर किनेको याद आउँछ । यस्तोमा कतिपयले कपडा फाल्ने गर्छन् । भने कतिपयले गलत तरिका अपनाएर कपडा झन बिगार्ने गर्छन ।

कपडा धुन, सफा राख्न र त्यसको रंग जस्ताको त्यस्तै राख्न धैरै मुस्किल काम हो । त्यो भन्दा पनि मुस्किल सेतो कपडाको चमक बनाइराख्नु हो । रगिंन कपडालाई त बचाउन सकिन्छ तर सेतो कपडामा दाग वा फोहोर लागेमा बचाउन सकिदैन् । खासगरी सुतीको सेतो कपडाको चमक छिट्टै जान्छ । समयसँगै सेतो कपडा पहँेलो हुँदै जान्छ । र जति गरे पनि सेतो कपडाको रौनक फेरि पाउन सकिदैन ।

त्यसैले सेतो कपडा छिट्टै बिग्रन्छ । मुलायम र कोमल सुतीको नयाँ कपडामा केमिकलको प्रयोग भएकोले कडा र कस्सिएको हुन्छ । त्यसैले तुरुन्तै प्रयोग गर्नु थोरै मुस्किल हुन्छ । सेतो कपडाको चमक बनाइराख्न र नयाँ राख्नको लागि केहि टिप्स अपनाउनुहोस् ।

सेतो कपडाको लागि
सेतो कपडाको चमक बनाइराख्नको लागि एक बाल्टी पानीमा भेनेगरको केही थोपा हालेर १५ देखि २० मिनेटसम्म भिजाएर राख्ने । यसबाट सेतो कपडाको पहेलोपन हराएर जान्छ ।

कपडालाई ३० मिनेटसम्म चिसो पानीमा भिजाएपछि त्यसमा ब्लीच पाउडर हाल्ने । ब्लीच हालिसकेपछि १५ मिनेटसम्म भिजाएर राख्ने । १५ मिनेटसम्म कपडामा लागेको सबै दाग निस्किन्छ ।

सेतो कपडा धोईसकेपछि आधा बाल्टी पानीमा आधा कागतीको रस हालेर केहिबेर छोडिदिने । यसबाट सेतो कपडाको चमक रहिरहन्छ ।

सेतो कपडाको जहिल्यै पनि रगिंन कपडासँग मिसाएर नधुनुहोस् । किनभने रगिंन कपडाको रगं सेतो कपडामा लाग्न सक्छ ।

कपडाको रगं उस्तै राख्नको लागि ब्लीचीङको क्रममा वासिङ सोडा वा कुनै डिटर्जेन्ट पाउडर पनि प्रयोग गर्न सकिन्छ । यसबाट कपडाको रंग निस्कदैन् ।

कपडाको चमक बनाईराख्नको लागि
नयाँ कपडाको लागि आधा बाल्टी पानीमा एक चम्चा बेकिङ सोडा मिलाएर भिजाउने । केहिबेरपछि मनतातो पानीले पखाल्ने । कपडा नरम मुलायम हुन्छ ।

चिसो पानीमा एक चम्चा सेतो भिनेगर मिलाएर कपडा धुने ।

कपडा धोइसकेपछि कडा घाममा नसुकाउनुहोस् ।

धेरैबेर कपडा घाममा नसुकाउने ।

कपडा धेरै तातो पानीले नधुने ।

कपडा सुुकिसकेपछि कहिल्यै पट्याएर नराख्ने । पट्याएर राख्दा कपडा बिग्रने खतरा बढि हुन्छ त्यसैले कपडा झुण्डाएर राख्ने ।

कपडामा ढुसी लाग्ने सम्भावना बढि भएकोले कपडा राख्दा खुल्ला ठाँउमा राख्नुपर्छ ।

कपडा राख्ने ठाँउ चिसो भएको हुनु हुँदैन् ।

Skip This
Skip This
Logo