सुत्नुभन्दा पहिले केहि ब्युुटी रुटिङ बनाउहोस् । कुनै पनि मौसम होस् चाहे गर्मी होस या जाडो । हाम्रो छाला प्रदुषण र सुर्यको किरणबाट प्रभावित भइरहेको हुन्छ । त्यसैले साझसम्म छाला एकदमै नराम्रो र कालो हुन्छ । यो क्रम दिनदिनै भइरहेमा हाम्रो अनुहारमा मृत छालाको बाक्लो पत्र बनेर बस्छ । र बिस्तारै हाम्रो अनुहारको चमक–दमक गायब हुन्छ ।
यी करा गर्नुहोस्
–राती सुत्नुभन्दा पहिले कपाल कोर्न नबिर्सनुस । राम्रोसँग कोरेर खुकुलो गरी बाँटेर सुत्दा झन राम्रो हुन्छ । यसो गर्दा तपाईको कपाल सधैँ राम्रो हुन्छ र तपाईको सुन्दरता पनि बढ्छ ।
–सुत्नुभन्दा पहिले नुहाएर पुरै शरीर र अनुहारमा क्रिम, लोसन या नरिवलको तेल लगाएर मस्चराइज गर्नुहोस् । यसो गर्दा छाला मुलायम हुन्छ र छालाको चमक रहिरहन्छ ।
–हाम्रो आँखाले दिनभरीमा धेरै कुरा देख्छ । साथै धुलो धुँवा पनि सहन्छ । यस्तोमा आँखा र आँखाको वरिपरिको छालाको पनि ध्यान राख्नु जरुरी हुन्छ । राती सुत्दा सिरानीमा सिधा राखेर नै सुत्नुुपर्छ । यसरी सुत्दा शरीरको तरल पदार्थ जम्मा हुन पाउँदैन । जसले गर्दा बिहान उठ्दा आँखा सुन्निएको हुँदैन् । सुत्नुभन्दा पहिले आँखा वरिपरि क्रिमले मसाज गर्न नबिर्सनुहोस् ।
–दिँउसो गरेको मेकअप पुछेर मात्र सुत्नुपर्छ । मेकअप नपुछी सुतेमा छालाको रोमछिद« बन्द भएर हाम्रो अनुहारमा डन्डिफोर , दागधब्बा आँउछ ।
–राती सुत्नुभन्दा पहिले ओठमा लिप बाम या पेट्रोलियम जेली लगाएर सुत्नुपर्छ । यसले गर्दा ओठ मुुलायम हुन्छ ।
–कुर्कुच्चामा पनि पेट्रोलियम जेली या क्य्राक हिल क्रिम लगाएर सुत्नुहोस् ।





























प्रतिक्रिया