मदिरा पारखिहरुलाई रेड वाईन सर्वाधिक प्रिय पेय हो । यो पेय प्रति पुरुषको तुलनामा महिलाहरुको आकर्षण बढी नै देखिन्छ । पिएर पार्टिलाई शोभा बढाउने रेड वाईन राम्रो ब्यूटि प्रडक्ट पनि हो भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । रेड वाईन पिएर जसरी धेरैले दाँत र हृदयलाई फाइदा गराएका छन् त्यसरी नै रेड वाईनलाई छालामा मिलाएर दल्दा छालाको चमक बढ्नुका साथै सौन्दर्यमा पनि निखार आउन सक्छ ।
चाउरिपन हटाउन
रेड वाईनको निर्माण अंगुरले हुने गर्छ । अंगुरमा रेवराट्रोल नामको एन्टि अक्सिडेन्ट रहेको हुन्छ । रेवराट्रोलले छालाको चाउरीपन हटाउन सहयोगी मानिन्छ । त्यसैले रेडवाईन छालामा नियमित रुपमा लगाउदा मुहारमा देखा पर्ने चाउरीपनहरु कम हुदैंजान्छ ।
डण्डीफोर हटाउन
रेड वाईनमा रहेको एन्टि सेप्टिकले छालामा रहेको इन्फेक्सनलाई हटाउनुका साथै अनुहारमा रहेका डण्डीफोरलाई पनि हटाउन मद्धत गर्छ ।
छालाको सफाइमा
रेड वाईनले अनुहारको छालालाई मात्र चम्किलो बनाउदैन । यसको प्रयोग शरीरको छालामा गर्दा पनि यसले फाइदा गर्छ । डाइल्युट वाईनलाई स्पन्जमा भिजाएर शरीरका विभिन्न भागमा रगड्दा छालाको सफाइ राम्ररी हुनुका साथै छालामा चमक पनि आउने गर्छ ।
फेस प्याक
रेड वाईनलाई क्लिन्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यो वाहेक यदी तपाईले एलोभेरा जेल, फेस प्याक, फेस स्क्रब लगाउदैं हुनुहुन्छ भने त्यसमा पनि रेड वाईनलाई मिसाउनु भयो भने त्यसले बढी नै फाइदा गर्छ ।































प्रतिक्रिया