बर्षामा छालामा देखिने समस्यावाट कसरी जोगिने

बर्षामा छालामा देखिने समस्यावाट कसरी जोगिने

केन्द्रबिन्दु
0
Shares

बर्षाको मौसममा वातावरणमा बढी ओसिलो हुने हुनाले ब्याक्टेरियाहरुको संख्या तिब्र रुपमा बढीरहेको हुन्छ । यस्तो अवस्थामा ब्याक्टेरियाहरुले मानिसलाई पनि बढी नै प्रभाव पार्ने गर्छ । अझ बर्षा मौसममा छालाजन्य समस्याहरुको संख्या बढी नै हुने देखिन्छ । त्यसैले बर्षा मौसममा थोरै पनि लापर्वाही गरेको खण्डमा छालाका धेरै किसिमका समस्याहरु देखिन्छ । त्यसैले बर्षा मौसममा छालाजन्य समस्याहरुवाट जोगिने केही उपायहरु :

लापर्वाही नगरौं:
बर्षामा जो कोही पनि भिज्छ । कोही पटक पटक भिज्छ भने कोही थोरै भिज्छन् । भिजेको अवस्थामा घर पुगियो भने हामी शरीर पुछेर कपडा फेर्छौ । तर बाहिर अन्यत्र भएको अवस्था भिजेकै अवस्थामा आ–आफ्नो काममा लाग्छौ । बर्षाको पानीमा भिजे पछि राम्ररी पुछेन वा भिजेको कपडालाई फेरेन भने छालामा संक्रमण देखापर्छ । त्यसैले जतिसक्दो चाडो बर्षामा भिजेको लुगालाई फेरेर सुख्खा रुमालले शरीर पुच्छु भनेको संक्रमणवाट बच्ने मुख्य उपाय हो ।

बढी ख्याल गरौं:
नेपालमा बर्षाको मौसम ३ महिना भएपनि यो अधिकांश समय लम्बिरहेको हुन्छ । त्यसैले बर्षामा बाहिरी काम गर्नेहरुले आफुलाई सकभर भिज्नवाट रोक्नु राम्रो हो भने यदी भिजेको खण्डमा माथी भनेको जस्तै शरीरलाई चाडो भन्दा चाडो सुख्खा राख्ने उपाय गर्नुपर्छ ।

खुट्टाको संक्रमण:
बर्षामा जुत्ता वा चम्पल लगाएको अवस्थामा पानीमा भिज्यो भने खुट्टाको औंलाको कापमा टिनिया पोडिस वा एथलिट्स फुट नाम ढुसि पैदा गर्ने ब्याक्टेरियाको संक्रमण हुन्छ । यो हुदाँ चिलाउनुका साथै पोल्ने, छाला च्यातिने र फोका उठ्ने समस्या पनि देखा पर्छ । यो समस्या खुट्टाको औंलाको विचको भागमा बढी देखिने गर्छ ।

नङको संक्रमण:
नङमा हुने फंगलको समस्या पहिला नङको अघिल्लो भागमा हुने गर्छ । पछि बिस्तारै बिस्तारै यो नङको सबैभागमा फैलिदै जान्छ । यो क्रम बढेर नङको आसपासको कोषिकापनि देखा पर्छ । यसले पछि पिडा पनि गर्छ ।

एक्जिमा:
छालामा देखिने बिभिन्न चिलाउने समस्याहरुमा एक्जिमा पनि हो । यो समस्या हुदाँ छाला रातो भएर स–साना दानाहरु खटिराको रुपमा देखापर्छ । बर्षा मौसममा यो समस्या शरीरको जुनसुकै अंगमा पनि देखापर्न सक्छ ।

यि माथीका अधिकांश समस्याहरु देखिनुको मुख्य कारण भनेको बर्षाको पानीमा भिजेर लापर्वाही गर्नु नै हो । त्यसैले बर्षाको पानीमा भिजियो भनेर त्यसलाई सामान्य रुपमा लिनु हुदैंन । कुनै कुनै समस्याहरु पछि जटिल समस्याको रुपमा पनि देखापर्न सक्छ ।

त्यसैले बर्षाको पानीमा भिजेपछि एन्टि ब्याक्टेरियल साबुनले छालाको सफाई गर्नु पर्छ भने भिजेको कपडालाई तत्काल परिवर्तन पनि गर्नुपर्छ । बर्षामा छालामा कुनै किसिमको समस्या देखिएमा आफैं उपचार गर्नुभन्दा छालाको चिकित्सकसंग सल्लाह गर्नु राम्रो पनि हुन्छ ।

Skip This
Skip This
Logo