संसारमा यस्ता डरलाग्दो ग्याङ छ, जसको सदस्य सय वा हजार होइन, लाखौंको संख्यामा छन् । यि ग्याङका सदस्य अनौठो पहिरन, जीवनशैली र कडा नियम पालनाका लागि चर्चामा रहन्छन् । "/>

यी हुन् विश्वका डरलाग्दा ग्याङ

यी हुन् विश्वका डरलाग्दा ग्याङ

केन्द्रबिन्दु
0
Shares

संसारमा यस्ता डरलाग्दो ग्याङ छ, जसको सदस्य सय वा हजार होइन, लाखौंको संख्यामा छन् । यि ग्याङका सदस्य अनौठो पहिरन, जीवनशैली र कडा नियम पालनाका लागि चर्चामा रहन्छन् । यस्तो ग्याङ दक्षिण अफ्रिकी केन्यादेखि अमेरिका, चीनसम्म फैलिएको छ ।

मुंगिकी ग्याङ – संसारको सवैभन्दा खतरानक ग्याङ हो, मुंगिकी । यसको एक लाख वढी आपराधिक सदस्य छन् ।

ब्लड्स ग्याङ – अमेरिकाको सर्वाधिक खतरानक ग्याङ हो यो । यसको २० हजार वढी सदस्य छन् । अमेरिका वाहिर समेत आफ्नो प्रभाव क्षेत्र वनाएका यस ग्याङ हत्या, लुट, अपहरण जस्ता घटनामा संलग्न छ ।

क्रिप्स ग्याङ – ३५ हजार सदस्य रहेको यो ग्याङ लस एन्जल्समा सक्रिय छ । ‘ब्लड्स’ नामको ग्याङसँग यसको ठूलो दुश्मनी छ ।

यकुजा ग्याङ – जापानको खतरानक ग्याङ हो यो । एक लाख वढी सदस्य रहेको यकुजा ग्याङ मानव तस्करी र लागुऔषध कारोवारमा वढी सक्रिय छ ।

वाह चिंग ग्याङ – यसको सदस्य कति छ ? थाहा छैन । यद्यपी यो ग्याङले सन फ्रान्सिको र पूर्वी एसियामा आफ्नो पकड वनाएको छ । आर्थिक अपराधको लागि यो ग्याङ जस्तोसुकै हर्कत गर्न पछि पर्दैन ।

कोसा नास्ट्रा ग्याङ – यसको विश्वभर सदस्य रहेको अनुमान गरिन्छ । खासगरी न्युर्योकलाई आफ्नो अपराधभूमी वनाएको यो ग्याङ विश्वको अर्को ग्याङसँग मिलेर जस्तोसुकै अपराध गर्न उद्यत देखिन्छ ।

ग्याङ फाइटको शहर

मध्य अमेरिकामा अवस्थित होन्डुरसको सान पेड्रो विश्वकै खतरनाक शहरमा गनिन्छ । खासगरी वारम्वार दोहोरिने हिंस्रक ग्याङ फाइटले यसलाई वदनाम वनाएको छ । यसलाई ‘मर्डर क्यापिटल अफ द वल्र्ड’ समेत भनिन्छ ।

डरलाग्दो ग्याङ फाइट

अमेरिकाको टेक्सासमा भएको ग्याङ फाइटलाई निकै खतरानाक मानिन्छ । दुई वाइकर्स समूहवीच त्यहाँ ग्याङ फाइट हुँदा ९ जनाले ज्यान गुमाएका थिए । फिल्मी शैलीमा भएको उक्त ग्याङ फाइटमा उनीहरुवीच गोली हानाहान समेत भएको थियो ।

ग्याङ लिडरलाई यातना

अमेरिकाको कुख्यात ग्याङ आर्यन व्रदरहुडका एक नेतालाई जेलमा एकदमै यातनापूर्ण ढंगले राखिएको छ । उसलाई २४ घण्टामा २३ घण्टा त वक्समा वन्द गरेर राख्ने फैसला भएको छ । ‘जेम्स लेमार्क’ नामका यि ग्याङ लिडरले आगमी ५० वर्षसम्म यसैगरी विताउनुपर्नेछ । उसले आफ्नो पींठमा हिटलरको ट्याटु वनाएका छन् भने, पेटमा स्वस्तिक चिन्ह वनाएका छन् ।

वच्चाको पनि ग्याङ

विद्यालय पढ्दै गरेकाहरुको नावालिग ग्याङ पनि भारतमा भेटिए । उनीहरु विद्यालयको पढाई पछि अध्याँरो रातमा लुटपाट मच्याउँदै हिँड्ने गरेको पाइन्छ । यो समूह आधा दर्जनभन्दा वढी लुटपाटमा संलग्न रहेको वताइन्छ । ९ कक्षा पढ्ने एक विद्यार्थी यस ग्याङका लिडर छन् । उनीहरुले दिल्ली आसपासको क्षेत्रमा आफुलाई सक्रिय वनाएका छन् ।

वाइकर्स ग्याङ

भारतको पटनामा वाइकर्स ग्याङको जगजगी छ । वाटोमा वेपत्तासँग वाइक हुँइक्याउने, चर्को हर्न वजाउने, स्टन्ट देखाउदै हिँड्ने यस्तो समूहको कारण स्थानियवासी हैरान छन् । यस्ता ग्याङमा २५ देखि ८० जनासम्म सदस्य छन् । उनीहरुको आपसी भिडन्तले वेलावेला उत्पात मच्याउने गरेको छ । टिनएजर्स एवं युवाहरु सम्मिलित यस्ता ग्याङमा पेट्रोल पैंग, माइन्स ग्याङ, रकर्स ग्याङ, व्लेड ग्याङ सक्रिय छन् ।

गीतको निहुँमा

विवाहको भोजमा कुन गीत वजाउने भन्ने विषयमा युवाहरुवीच मतान्तर हुँदा डरलाग्दो ग्याङ फाइट भयो । यो प्रसंग हो, ललितपुरस्थित खानीगाँउको । गीत वजाउने निहुँमा ग्याङ फाइट भएपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउनु परेको थियो ।

 

Logo