बलिउड अभिनेत्रीको कुरा गर्दा उनीहरुको अभिनय खुबी मात्र होइन, आकर्षक रुपरंगको पनि चर्चा हुने गर्छ । कतिपय बलिउड सुन्दरीले त विश्व सुन्दरीको ताज समेत जितिसकेका छन् । "/>

बलिउड अभिनेत्रीले कसरी बनाउँछन् सुडौल ज्यान, यस्तो छ फर्मुला !

बलिउड अभिनेत्रीले कसरी बनाउँछन् सुडौल ज्यान, यस्तो छ फर्मुला !

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेत्रीको कुरा गर्दा उनीहरुको अभिनय खुबी मात्र होइन, आकर्षक रुपरंगको पनि चर्चा हुने गर्छ । कतिपय बलिउड सुन्दरीले त विश्व सुन्दरीको ताज समेत जितिसकेका छन् । उनीहरुले यस्तो सौन्दर्य र जवानी त्यसै पाएका भने होइनन् । बलिउड सुन्दरीहरु आफुलाई आकर्षक र फिट राख्न निकै मिहेनत गर्छन् ।

अनुष्का शर्मा हप्तामा चार दिन वेट ट्रेनिङ गर्छिन् । साथै योग पनि गर्छिन् । कार्डियो र डान्सिङलाई पनि उनले दैनिक आवश्यक्ता भित्र राखेकी छिन् । त्यसो त नृत्य र पौडी उनको सौख नै हो । उनले फिटनेसका लागि घरमै व्यायमशाला पनि बनाएकी छिन् । विहान ६ बजेवाट उनको दैनिकी प्रारम्भ हुन्छ । सुरुमा एक्सरसाइज र योग गर्छन् । विदाको समय उनी मस्त आरम गर्छिन् । उनी तनाव लिदैनन् ।

धेरै चिल्लो भएको स्पाइसी, तारेको, भुटेको खानेकुरावाट टाढै रहनिछन् । अग्र्यानिक खाना खान्छु । धेरैजसो शाकाहार भोजन लिन्छन् । ब्रेकफास्ट गरेको दुई घण्टापछि लन्च लिने गरेकी छिन् । लन्चमा चामल र वोनलेस ग्रिल्ड चिकेन, एक कप फलफूल हुन्छ । त्यसको तीन घण्टापछि ड्राइ फुड लिन्छिन् ।

त्यसो त सहकर्मी ज्यालिन फर्नाडीसले वलिउड फिल्म उद्योगका दीपिका पादुकोणलाई फिटनेस आइकन भनेकी छिन् । हुन पनि दीपिका जिममा धेरै वर्कआउट गर्छिन् । फिटनेसको सम्वन्धमा उनको सामन्य फिन्डा छ–‘हेल्दी खाऔं र हेल्दी रहौं ।’ उनी फिटनेसलाई स्लिम हुन मात्र होइन, शारीरक रुपमा बलियो हुनु भनेर अथ्र्याउछिन् । व्यायमका साथै स्वस्थ्य खानपानले नै आफुलाई फिट एन्ड फाइन राखेको उनको भनाइ छ ।

स्टाइलिस अभिनेत्री दीपिका फिटनेसका लागि ब्याडमिन्टन खेल्छिन् । उनी ब्रेकफास्टमा अन्डाको सेतो भाग र टोस्ट लिन्छिन् । त्यसको दुई घण्टापछि फलफूल खान्छिन् । लन्चमा रोटी, सागपात र दाल हुन्छ भने सा“झमा स्यान्डविच खान्छिन् । डिनरमा चिकेन, सब्जी र रोटी खाने गरेकी छिन् ।

स्टाइलिस अभिनेत्री सोनम कपुरले भन्ने गरेकी पनि छिन्–‘फिटनेस मेरो एडिक्सन हो ।’ उनी हप्तामा चार दिन वेट ट्रेनिङ गर्छिन् । यसका साथ योगा पनि गर्छिन् । योगले आफुलाई मानसिक शान्ति मिल्ने सोनमले बताएकी छिन् । उनी नियमित रुपले कार्डियो र डान्सिङ पनि गर्छिन् ।

नृत्य र पौडी त सोनमको सौख नै हो । यि दुवैले उनको फिटनेस मेन्टेन गर्न सहयोग पुगेको छ । त्यसो त फिटनेसका लागि सोनमले घरमै सानो जिम बनाएकी छिन्, जहाँ विहान र साँझ व्यायम गर्छिन् । उनलाई वर्कआउट गर्न रुची लाग्छ । खानपानमा ध्यान दिन्छिन् । यसैले उनले शरीरलाई उपयुक्त सेपमा ढाल्न सकेकी हुन् ।

सोनमले दिनको प्रारम्भ नै फिटनेसबाट गर्छिन् । ३० मिनेट कार्डियो गर्छिन् । त्यसपछि एब्स र मसल्सको व्यायम गर्छिन् । हरेक दिन नृत्य अभ्यासमा जुट्छिन् । जुन दिन फुर्सद हुन्छ, घरमै आरम गरेर बस्छिन् । उनलाई लाग्छ–शरीरलाई आरमको पनि जरुरत हुन्छ ।

राती चाडै खाने प्रयास गर्छिन् । खानामा धेरै चिप्लो वा मसलेदार हुनुहुदैन । हेल्दी खाना खान्छिन्, यद्यपी स्वादिलो भने हुनुपर्छ ।

श्रद्धा कपुर विहान र मध्यन्हको समयमा वर्कआउट गर्न बढी रुचाछिन् । डाइट चार्ट अनुरुप स्वस्थ्य, सन्तुलित र नियन्त्रित खानापान गर्छिन् ।

श्रद्धाले ब्रेकफास्टको रुपमा एकदमै थोरै तेलमा बनाइने दक्षिण भारतिय परिकार उपमा, अन्डाको सेतो भागको अमलेट खाने गरेकी छिन् । खानामा चिया, हरियो सब्जी र दाल खान्छिन् । लन्चमा ब्राउन राइस र फिस करी पनि हुन्छ । उनी हरेक दुई घन्टाको अन्तरमा केहि न केहि खाइरहेकी हुुन्छिन् ।

विद्यार्थी कालमा श्रद्धा एथलेटिक्सको राम्रो खेलाडी थिइन् । उनी वास्केटवल र हेन्डबलमा पनि दख्खल राख्छिन् । अहिले पनि मौका मिल्नसाथ आउटडोर गेम खेल्छिन् । उनलाई जिम जान भन्दा आउटडोर गेम खेल्न बढी लाभदायक लाग्छ । ऋद्धाको खानाको सूची निकै लामो छ । यद्यपी जस्तोसुकै खाना खाएपनि निकै चपाएर खाने वानी छ ।

‘दवंग गर्ल’ सोनाक्षी सिन्हाको वजन ९० किलो थियो, जतिवेला उनले फिल्मी करियर सुरु गरेकी थिइनन् । यद्यपी जव सलमान खानको को–स्टारको रुपमा ‘दवंग’ मा देखा परिन्, उनीे निकै स्लिम देखिइन् । आखिर यो कसरी संभव भयो ? सोनाक्षीले त्यसको राज खोलेकी छिन् ।

नियन्त्रित खानपान र नियमित वर्कआउटले नै आफ ‘फिट एन्ड फाइन’ रहेको उनले बताएकी छिन् । सोनाक्षीको ब्रेकफास्टनास्ताको रुपमा गहुँको टोस्ट, दुध खाने हुन्छ ।

११ बजे पछि उनी केहि ड्राइ फुड र ग्रीन टि पिउने गर्छिन् । उनलाई लाग्छ–ग्रीन टिले तौल घटाउँछ र छाला पनि राम्रो बनाउँछ । लन्चमा रोटी र सब्जी, फ्रेन्च सलाद खान्छिन् । साँझमा फलफूल र ग्रीन टि पिउछिन् । शरीर र पेटलाई स्वास्थ्य राख्नका लागि सुत्नुभन्दा चार घण्टा अघि डिनर गर्छिन् । उनी दिनभर प्रशस्त पानी र ग्रीन टि पिउँछिन् ।

सोनाक्षीले आफ्नो खान्कीमा चिल्लो वा मसलेदार खानेकुरा कटौती गरेकी छिन् । चामल र मिठाइ पनि खादैनन् । रक्सी र चुरोटको सेवनवाट टाढै रहन्छिन् । नियन्त्रित खानपानका साथै वर्कआउट, व्यायमलाई पनि उनले महत्व दिएकी छन् ।

तौल नियन्त्रण गर्न, मोटोपन घटाउन र शरीरलाई चुस्त राख्न नियमित रुपमा व्यायम गर्छिन् । उनी विहान उठेपछि वेट लस ट्रेनिङ गर्छिन् । नियमित रुपमा हट योगा गर्छिन्, ४० डिग्री तापमानमा ।

 

Logo