लभ अफेयरमा रहँदा युवतीहरु स्लिम र आकर्षक देखिन चाहन्छन् । उनीहरु आफुलाई राम्री देखाउन हर–तरहले प्रयास गर्छन् । मोटी र भद्दा भइयो भने लगाएको लुगा सुहाउँदैन । ब्वाइफ्रेन्डले पनि रुचाउँदैन । सायद यस्तै सोचाइले उनीहरु स्लिम हुन चाहन्छन् ।
तर बिहेपछि उनीहरु मोटाउँछन् । बिवाह अघि र पछिको अवस्थामा उनीहरुको शारीरिक रुपरंग नै फेरिन्छ । बिहेपछि के कारणले उनीहरु मोटाउँछन् होला ?
१. बिहेअघि केटीहरु खानपानमा सर्तक हुन्छन् । डाइटिङ गर्छन् । धेरै खाइयो भने मोटाइन्छ भन्ने डरले खानामा नियन्त्रण गर्छन् । किनभने मोटी देखियो भने केटाहरुले पत्याउँदैनन् भन्ने लाग्छ ।
तर बिहेपछि उनीहरुमा यस्तो चिन्ता हुँदैन । बिहे नै भइसकेपछि श्रीमान्ले मन पराउने नै भयो । त्यसैले उनीहरु बेपर्वाह खाइदिन्छन् । दिनभर घरमा बस्दा केहि न केहि खान्छन् । हरेक छाक भरपेट खान्छन् । यहि कारण उनीहरु मोटाउँछन् ।
२. बिहेअघि केटीहरु केहि न केहि काममा सक्रिय हुन्छन् । कोहि जागिर गरिरहेका हुन्छन् । कोहि घरायसी काम गरिरहेका हुन्छन् । उनीहरु शारीरिक रुपमा सक्रिय हुन्छन् ।
तर बिहे गरेपछि धेरैजसो केटी घरमै बस्छन् । उनीहरुले घरधन्दाको काम सम्हाल्नुपर्ने हुन्छ । यसरी घरमा बस्दा उनीहरु केहि न केहि खाइरहन्छन् । टिभी हेर्छन् । मोवाइलमा फेसबुक चलाउँछन् । धेरैजसो समय सुतेर बिताउँछन् । त्यही कारण उनीहरु मोटाउँछन् ।

३. बुहारी बनेर अरुको घरमा भित्रिसकेपछि मिठोमसिनो परिकार बनाउनुपर्ने हुन्छ । मिठोमसिनो परिकार बनाएपछि त्यो आफुले पनि खाइन्छ । यसरी उनीहरुले आफ्नो जिब्रोलाई नियन्त्रण गर्न पाउँदैनन् । मिठो मसिनो खानेकुरा धेरै खान्छन् । यसकारण उनीहरु मोटाउँछन् ।
४. आत्मासन्तोषको कारण पनि उनीहरु मोटाउँछन् । बिहे गरेपछि एक किसिमले उनीहरु ढुक्क हुन्छन् । आफ्नो भविष्य सुरक्षित भएको ठान्छन् । साथै पतिको साथ पाइने भएकाले जीवनका सानातिना समस्याहरु त्यसै समाधान हुन्छ । यसरी मिल्ने सन्तोषले गर्दा उनीहरु मोटाउँछन् ।
५. बिवाह गरेपछि उनीहरुमा भावनात्मक तथा हार्मोनल परिवर्तन पनि आउँछन् । सेक्सका दौरान शारीरिक परिवर्तन पनि शरीरमा हुन थाल्छ । सम्वन्धलाई कसिलो बनाउन सेक्सुअल लाइफमा सक्रिय हुनाले पनि मोटाइ बढ्न सक्छ । सेक्सपछि भोक जाग्छ र खान धेरै रुच्छ । त्यसैले वजन त बढ्ने नै भयो ।































प्रतिक्रिया