यौनाङ सेतो बनाउने प्रविधि फैलियो

यौनाङ सेतो बनाउने प्रविधि फैलियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, थाईल्याण्डको राजधानी बैंककमा यौनाङसंग सम्बन्धित धेरै किसिमको उपचार देखि कस्मेटिक सर्जरीहरु हुने गरेको छ ।

विश्वमा ठुलो स्तन बनाउने अधिकांश युवतीले एक पटक भएपनि स्तनलाई बैंककमा गएर प्लाष्टिक सर्जरी गरेकै हुन्छन् । यस्तै लिंग परिवर्तन गर्ने ब्यक्तिहरुको त धेरै किसिमको उपचार हुने गरेको छ । यो वाहेक पछिल्लो पटक बैंकक महिला र पुरुषहरुका लागि यौनाङलाई गोरो बनाउने चाहना राख्नेहरुको पनि प्रमुख उपचार गन्तब्यको रुपमा रहेको छ ।

एशियाली महिला र पुरुषहरुमा आफ्नो यौनाङ कालो हुने हुनाले पनि हिनतावोध भएको कारण सेतो बनाउदा आकर्षक हुने मान्यता बढेको देखिएको छ ।

महिलाहरुले मात्र गर्दै आएको यौनाङ सेतो बनाउने कस्मेटिक सर्जरीमा अहिले पुरुषहरुको आकर्षण झन् बढ्न थालेको छ । करिव ६५ हजार रुपैंया लाग्ने यो उपचारलाई अहिले फिलिपिन्समा एक सेलिब्रेटी प्लाष्टिक सर्जन भिक्की भेलोले पनि शुरु गरेका छन् ।

भिक्कीले यौनाङ सेतो बनाउन लेजर प्रविधि मार्फत् उपचार थालेका हुन् । उनले आफ्नो कस्मेटिक उपचारमा महिलाहरुको यौनाङ सेतो बनाउनुका साथै कसिलो र सफा पनि बनाउने गर्छन् । तिन चरणमा हुने यो उपचार पछि तिन वा चार दिनमा महिला स्वतन्त्र पूर्वक हिड्डुल गर्न सक्छिन् । सामान्य एनेस्थेसिया (लठ्याउने) पछि नै उपचार हुने हुनाले उपचार गर्ने ब्यक्तिले कुनै किसिमको पिडा नै महसुस गर्न पाउदैनन् भिक्कि भन्छन् । एजेन्सी

Logo