यौनमा असन्तुष्टि हुनुको कारण के हो ?

यौनमा असन्तुष्टि हुनुको कारण के हो ?

केन्द्रबिन्दु
15
Shares

यौनको पनि आफ्नै किसिमको विधी हुने गर्छ । कुन समयमा गर्ने, कहाँ गर्ने भन्ने पनि नियम र तरिका रहेको हुन्छ । यस्तै कुन बेला यौन सम्पर्क गर्ने, कहाँ गर्ने, कसरी गर्ने भन्ने कुराको खोज र अभ्यास सदियौंदेखि हुँदै आएको छ ।

चराचुरुङ्गी नाङ्गै भएर पनि संयमित किन ?

प्रकृतिले समेत यौन सम्बन्धलाई निश्चित समय दिएको हुन्छ । चराचुरुङ्गी, जिवजन्तुको जीवन पनि यौनमै अडिएको छ तर, उनीहरु एउटा प्रकृतिक प्रक्रियाभित्र रहेका हुन्छन् । चराचुरुङ्गी, किरा फट्याङ्ग्रा, जीवजन्तु नाङ्गै हुन्छन् । तर, जतिबेला पनि उनीहरु यौनमा लिप्त भने हुँदैनन् । एउटा निश्चित समय आउँछ, जतिबेला उनीहरु यौन क्रियामा सहभागी हुन्छन् । तर, सृष्टिको सर्बश्रेष्ठ प्राणी भएर पनि मानिस यौनको मामिलामा जिवजन्तु भन्दा बढी नै अराजक हुने गर्छन् ।

यौनमा मानसिक कुरा

यौनमा शारीरिक तथा मानसिक सहभागिता र सक्रियता चाहिन्छ । यसको लागि दुबै पार्टनर तयार हुनुपर्छ । यसको लागि निश्चित समय, स्थान पनि उपलब्ध हुनुपर्छ ।

यौन शरीरका पाँचै इन्द्रियले अनुभूत गर्नुपर्छ । योनी र लिंगको मिलन एवं घर्षण संभोग हो । यसको अन्तिम परिणती चरमोत्तकर्ष एवं स्खलनमा हुन्छ ।

विधिपूर्वक गरिने यौनले बढी सन्तुष्टी

यौन सुख प्राप्त गर्नका लागि सबैभन्दा पहिला त मानसिक र शारीरिक रुपमा दुबै पार्टनर इच्छुक हुनु नै हो । त्यसपछि विधिपूर्वक गरिने यौन क्रियाले सन्तुष्ट दिने बताइन्छ । यौन प्रक्रिया सुरु गर्नुअघि ज्ञानेन्द्रियको सरसफाई अति आवश्यक हुन्छ । कतिपय त नुहाइसकेपछि मात्र यौन क्रियामा सहभागी हुन्छन् ।
यौन क्रिया सुरु गर्नुअघि अपनाउने विधी, यौन आसन जस्ता कुराले पनि यौन सन्तुष्टी हासिल गर्न सकिन्छ, जो सदियौदेखि अभ्यास हुँदै आएको पनि छ ।

यौनअघि पाकक्रिडा

सहि किसिमको पाकक्रिडाले यौन कार्यमा चरम सन्तुष्टी दिलाउँछ । अक्सर पुरुषको तुलनामा महिलाहरुलाई चरम सुखको स्थितीमा पुग्न अलि बढी समय लाग्छ । यौन सुख अर्थात् संभोग क्रियाको समयमा चरम सुख प्राप्त हुनु धेरै आनन्ददायक हुन्छ । यसलाई स्वर्गिय सुख पनि भनिन्छ । जुन सवै मानिले भोग्न चाहन्छ ।

१. जब तपाईले यौनको बारेमा बुझ्नुहुन्न, तपाईको यौन जीवन खल्लो हुन्छ । किनभने यौन शारीरिक क्रिया मात्र होइन । अर्थात लिंग र योनीबीचको घर्षणबाट मात्र यौनआनन्द प्राप्त हुने होइन ।

२. विधी, प्रक्रियागत ढंगले यौन क्रियामा सहभागी नहुदाँ त्यसबाट यौन आनन्द मिल्दैन ।

३. तनाव, शरीरिक पीडा आदिले यौन सुख मिल्दैन । हतारमा, भयमा गरिने यौन क्रियाको खास अर्थ छैन ।

४. हर्मोनको परिवर्तन, पाठेघरको संक्रमण, यौन रोगको कारण कति महिलाको लागि यौन क्रिया पीडादायी बन्ने गर्छ । यस्तो अवस्थामा पुरुषले आफ्नो मात्र सन्तुष्टिलाई ख्याल गर्नु राम्रो होइन ।

Logo