मुम्बई, २७ मंसिर ।
सबैलाई थाहा छ, बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीको विवाह भएको । उनीहरुले इटालीमा गएर बिहे गरे । लामो समयदेखि प्रेममा रहेका यो जोडीको विवाह सर्वत्र चर्चाको विषय बन्यो । उनीहरुको फोटो भाइरल भयो । यो चर्चित जोडीलाई बधाई दिनेको ओइरो लाग्यो ।
अब यो नवजोडीले जीवनको नयाँ अध्यायमा प्रवेश गरेका छ । यसको सुरुआत हनिमुनबाट सुरु हुनेछ । त्यसअघि उनीहरूले दुई ठाउँमा विवाह भोज दिनेछन् । दिल्ली र मुम्बईमा ।

यसै सिलसिलामा नवजोडीलाई भारतको कन्डोम ब्रान्डले पनि बधाई दिएको छ । यसरी, ‘बधाई अनुष्का र विराट । आफ्नो बीचमा कसैलाई आउन नदिनु, केवल ड्युरेक्स बाहेक ।’
अर्थात्, कन्डोम बाहेक अरुलाई आफ्नो सम्बन्धमा आउन नदिनु । भनीहालौं, ड्युरेक्स उच्चस्तरीय कन्डोम ब्रान्ड नाम हो ।
द्विअर्थी लाग्ने गज्जबको यो बधाईपछि सामाजिक संजाल प्रयोगकर्ताले अनुष्का र विराटलाई ‘उडाएका’ छन् । एजेन्सी































प्रतिक्रिया