केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २९ असोज ।
प्रहरीले राजधानी उपत्यकामा एकै थलोमा जुवातास खेलिरहेको अवस्थामा ६ लाख नगदसहित ३३ जनालाई पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका ९ स्थित बालकुमारी ब्यांकेटमा जुवातास खेलिरहेको अवस्थामा आइतबार उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ललितपुर महानरपालिका १६ बस्ने राजेन्द्र शाक्यसहित ३३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले जुवाखालबाट नगद ६ लाख १ सय ४० रूपैयाँसहित ३ बुक तास र ३२ थान कौडासमेत बरामद गरेको छ ।
जुवा ऐनअनुसार अभियुक्तहरूमाथि कारवाही अगाडि बढाइएको छ ।































प्रतिक्रिया