को हुन् यी अचम्मका नेपाली ? (भिडियो वार्ता सहित)

को हुन् यी अचम्मका नेपाली ? (भिडियो वार्ता सहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २९ असोज

जुँगामा ताउ लगाउने चलन हो । तर उनले जेल लगाएर ठाडो पारेका छन् । ७ बर्षदेखि नकाटेका जुँगा देखाउँदै नवलपरासीका कैलास नाउले भने – ‘एक दिन गिनिजबुक अफ वल्र्ड रेकर्डमा दर्ता गराउँछु ।’

घर नवलपरासी भएपनि उनी धेरैवर्षदेखि मलेसिया बस्दैआएका छन् । के काम गर्नुहुन्छ मलेसियामा ? उनी सहज ढंगले भन्छन् ‘सैलुन खोलेर आफ्नै ब्यापार गरेर बसेको छु ।’
मलेसियाको सडकमा एक दिन त्यहाँका प्रधानमन्त्रीको गाडी एक्कासी रोकियो । प्रधानमन्त्रीले उनलाई टाढा बाटै बोलाए । उनी अनेक डर र संका मान्दै प्रधानमन्त्रीको छेऊमा पुगे । उनलाई लाग्यो, यहाँ के हुन लागेको छ ? अन्जानमा केही गल्तीपो भयो कि ? तर प्रधानमन्त्री एक्कासी मुस्काए । र भने, सेल्फी खिचौं न, तपाईंको जुँगा राम्रो लाग्यो ।

प्रस्तुत छ, यी र यस्तै रोचक प्रसंगहरु रहेको भिडियो कुराकानी ।

 

 

Logo