फिलाडेल्फिया, २३ असोज । स्तन क्यान्सरवाट राहत पाएकी एक युवतीले आफ्नो बक्षस्थलमा बनाएको टाटुले अहिले सामाजिक संजालमा सकारात्मक सन्देशहरु दिन थालेको छ ।
२६ बर्षको उमेरमा स्तनमा क्यान्सरको लक्षण देखा परेपछि उनको उपचार शुरु भएको थियो । पेशाले हेयरस्टाइलिस्ट र मोडल समेत रहेकी एलिसोन लिन्चलाई स्तन क्यान्सर भएपछि पटक पटक किमोथेरापी दिईएको थियो । अन्तत: उनको स्तनवाट क्यान्सरका जिवाणु हटाउन उनको स्तनमा रहेका तन्तुहरुलाई हटाउनु नै परेको थियो ।
एक महिलालाई आफ्नो स्तन नहुनु कत्तिको पिडादायि क्षण हुन्छ तर बाँच्नका लागि उनीसंग फ्याँक्नु बाहेक अरु कुनै विकल्प पनि थिएन । अन्तत: उनले बाँच्नका लागि स्तनको तन्तुलाई फ्याक्न नै स्विकार गरिन् ।
पहिलै देखि टाटु कलाको सौन्दर्य बुझेकी एलिसोनले कुरुप स्तनमा गुलाफको फुलको टाटु खोपाइन् । यसले उनको सौन्दर्य त बढायो नै साथै उनमा नयाँ आत्मविश्वासहरु पनि जागृत हुन थालेको छ । हालै उनले आफ्नो स्तनमा रहेको टाटुलाई सामाजिक संजालवाट सार्वजनिक गरेपछि धेरै महिलाहरुलाई उनको यो कार्य प्रेरणादायी भएको छ । एजेन्सी





























प्रतिक्रिया