केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० असोज ।
झापाको गौरादह नगरपालिका–४ की ७० वर्षीया बृद्धा अझै भेटिएकी छैनन् । अस्ति १८ गते दशैंको टीका थाप्न घरबाट माइतीघर इटहरी हिँडेकी उनी बेपत्ता बनेकी हुन् ।
१८ गते बिहान गौरादह ४ धरधरेबाट बस चढेकी उनी इटहरीसम्म पुगेकी भए पनि माइतीघर नपुगी अहिलेसम्म बेपत्ता भएकी ज्ञानकुमारीका जेठा छोरा देवीप्रसाद भण्डारीले बताए ।
प्रहरीलगायत आफन्त सबैतिर खबर गरिसकेको भए पनि आमाको अवस्थाबारे थाहा हुन सकेको छैन,’ भण्डारीले भने ।
देवीप्रसादका अनुसार, ज्ञानकुमारीको स्वास्थ्यमा मधुमेहबाहेक अरू कुनै समस्या थिएन ।ज्ञानकुमारीको खोजीको क्रममा इटहरीको पूर्व बसपार्कमा बसबाट उत्रिँदा जेब्रो झोलासहित नजिकैको पसलसम्म पुगेको जानकारी पाए पनि त्यहाँबाट उनी कहाँ गइन् भन्नेबारे कुनै जानकारी पाउन नसकिएको भन्दै परिवार यतिबेला चिन्तित बनेको छ ।





























प्रतिक्रिया