चन्द्रागिरी हिल्समा पृथ्वीनारायण शाहको सालिक अनावरण

चन्द्रागिरी हिल्समा पृथ्वीनारायण शाहको सालिक अनावरण

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ९ असोज ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरी हिल्समा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले चन्द्रागिरी हिल्स लिमिटेड परिसरमा निर्मित पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक आइतबार अनावरण गरेकी हुन् ।

चन्द्रागिरी हिल्स लिमिटेडद्वारा निर्मित साालिक ५ फिट ८ इन्च उचाइको छ । सालिक मूर्तिकार नवीन सुवेदीले निर्माण गरेका हुन् ।

भालेश्वर मन्दिर रहेकै स्थानमा बसेर काठमाडौ उपत्यकामाथि विजय हासिल गर्न सकौँ भनेर कामना गरेको तथ्य इतिहासमा रहेको भन्दै त्यही ऐतिहासिकताको सम्बर्धनका लागि सालिक निर्माण गरिएको चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ ।

सालिक अनावरणका क्रममा राष्ट्रपति भण्डारीले चन्द्रगिरी हिल्सले ऐतिहासिक धरोहरको जगेर्ना गर्दै पर्यटकीय स्थलका रूपमा समेत विकास गर्नु अनुकरणीय रहेको बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायाण देवले चन्द्रागिरी हिल्सले केवलकारसमेत संचालनमा ल्याएर धार्मिक पर्यटनको क्षेत्रमा टेवा पुर्याएको भन्दै प्रशंसा गरे । मन्त्री देवले आगामी वर्ष सन् २०१८ मा पर्यटन पुरस्कार चन्द्रागिरी हिल्सलाई प्रदान गरिने समेत बताए ।

चन्द्रागिरी हिल्सले अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न होटल निर्माण गरिरहेको र प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, जिप फ्लाएरलगायतका अन्य साहसिक पर्यटनका योजनाहरूको पनि तयारी गरिएको जनाएको छ ।

चन्द्रागिरी हिल्सले सरकारलाई भ्याट तथा स्थानीय कर गरी ७ करोड २८ लाख राजस्व बुझाइसकेको छ ।

Skip This
Skip This
Logo