केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ४ असोज ।
ललितपुर महानगरपालिकाले नगरक्षेत्रका मुख्य सडकहरूलाइ धुलोरहित बनाउने अभियान सुरु गरेको छ । यसका लागि ती सडकको धुलो सफा गर्न पानीले पखाल्न सुरु गरिएको छ । यस क्रममा कुपण्डोलदेखि लगनखेल तथा पुल्चोकदेखि महापाल चोकसम्म सडकको धुलो हटाउन ट्यांकर पानीमार्फत सफाइ थालिएको हो ।
काठमाडौं उपत्यकाका अधिकांश सडक मेलम्चीको पाइप लाइन बिछ्याउने क्रममा खनिएका कारण हिलो/धुलोले ढाकिने गरेका छन् । केही समय पहिले काठमाडौं महानगरपालिकाले पनि यस्तो अभियान सुरु गरे बीचैमा छाडेको थियो ।
ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले चुनाव अघि नै नगरका धुलाम्य सडकलाई हप्ताको दुईपटक पानीले पखाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसैअनुरुप पनि महर्जनले यसको सुरुवात गराएको मानिँदै छ ।
महानगरपालिकाका प्रवक्ता राजु महर्जनले सडकमा धुलो जमेको देख्नासाथ त्यहाँ जेटर मेसिन र ट्यांकर पठाएर सफाइ गर्ने बताए । सकेसम्म ३ र ४ दिनमा र नभ्याए कम्तिमा हप्तमा एकपटक सडकलाई पानीले पखालिने महर्जनले बताए ।
अहिले ललितपुर महानगरपालिकासँग दुईवटा जेटर मेसिन छन् । ब्रुमर मेसिन पनि ल्याउने तयारी भइरहेको बताइएको छ ।





























प्रतिक्रिया