सडकमा लिन्जरे क्याटवाक

सडकमा लिन्जरे क्याटवाक

केन्द्रबिन्दु
0
Shares

लण्डन, २९ भदौ । महिलाले लगाउने भित्रि पोशाक (लिन्जरे) को डिजाइनिङमा भिक्टोरिया सेक्रेट ब्राण्ड विश्वकै शिर्ष स्थानमा आउछ । यो ब्राण्डको लिङरिङमा क्याटवाट गर्नु मोडलहरुको सपना हुन्छ भने यो ब्राण्डको लिन्जरे लगाउनु भनेको अर्को प्रतिष्ठाको बिषय समेत हुन्छ ।

विश्वका सुपर मोडलहरुलाई मात्र लिएर फेसन शो आयोजना गर्ने भिक्टोरिया सेक्रेटले भोली शुक्रवार देखि लण्डनमा आफ्नो फेसन सोको आयोजना गर्दैछ । भिक्टोरियाको लिन्जरे फेसन सोले सबैको ध्यान तान्न थालेपछि बेलायतकै चर्चित लिन्जरे ड्रेसमा ख्याति कमाएको ब्लुबेलाले आफ्नो ग्राहकको ध्यान तान्न लण्डनको सडकमा नयाँ तरिका अपनायो ।


ब्लुबेलाले आफ्नो ब्राण्डको प्रचार गर्न र्‍याम्प भन्दा पनि सडकलाई छान्यो । ‘डेयर टु बेयर’ खुला हुने साहस गरौं नाराका साथ ब्लुबेलाले सर्वसाधारणलाई आफ्नो ब्राण्डको लिन्जरे लगाएर सडकमा क्याटवाट गर्न सक्ने मोडेलको आब्हान गर्यो । ब्लुबेलाको उक्त आब्हान अनुसार १९ जना विभिन्न पेशका महिलाहरुले सडक क्याटवाट गर्न मन्जुरी दिए । जसमा चिकित्सा क्षेत्र, कम्पनीका मालिक, विद्यार्थी, कलाकार, संगितकार र लेखक समेत रहेका थिए ।


ब्लुबेलाले उनीहरुलाई आफ्नो ब्राण्डको लिन्जरे लगाएर लण्डनको ब्यस्त सडक अक्सफोर्ड सर्कसको सडकमा क्याटवाक गराएको थियो । नयाँ मोडलको नयाँ शैलीको सडकमा भएको क्याटवाटले बटुवाहरुलाई निकै आकर्षित गर्यो । ट्राफिक समस्या जटिल हुदैं गएपछि दुई प्रहरी आएर भिडलाई ब्यवस्थापन गरेर उनीहरुको सडक क्याटवाकलाई ब्यवस्थित गरेका थिए । एजेन्सी

Logo