काठमाडौं, १२ भदौ । फेसबुकका संस्थापक एवं सिइओ मार्क जुकरबर्गले आफ्नी दोस्रो छोरीको फोटो फेसबुकमै सेयर गरेका छन् । यस फोटोमा उनले आफ्नो काखमा छोरीलाई लिएर बसेका छन् । र, दुबैले एकअर्कालाई हेरिरहेका छन् ।
मार्क र पत्नी प्रिन्सिला चाङले २८ अगष्टमा दोस्रो बच्चालाई जन्माएका थिए । उनीहरुले बच्चाको नाम अगस्ट राखेका छन् ।
हजारौं युजर्सले शेयर गरे
मार्कले बच्चाको फोटो २८ अगस्टमा शेयर गरेका थिए । त्यस फोटोमा प्रिन्सिलाको काखमा सानी बच्चा र मार्कको काखमा ठूली बच्चा म्याक्सिमा थिइन् । यो फोटोलाई अहिलेसम्म ५६ हजार भन्दा बढी प्रयोगकर्ताले शेयर गरेका छन् । २५ लाख प्रयोगकर्ताले लाइक गरेका छन् । मार्क र प्रिन्सिलावाट पहिलो बच्चा २०१५ मा भएको थियो ।
अगस्टको जन्ममा चिठी
अगस्टको जन्मपछि एउटा चिठी लेखेर मार्कले सोसल मिडियामा सेयर गरेका थिए । त्यसमा लेखिएको थियो, ‘जब तिम्रो दिदीको जन्म भयो, त्यसबेला उनको दुनियाँको कल्पनामा हामीले एक पत्र लेखेका थियौ । त्यसमा तिम्री दिदी म्याक्सिम र तिमी ठूली हुनेछौ । एक यस्तो दुनियाँ जहाँ राम्रो शिक्षा होस्, कम विमारी हुन्, बलियो समुदाय होस्, समानता होस् । बिज्ञान एवं प्रौद्योगिकीका तमाम प्रगतिका साथ तिमीहरुको पिढींलाई हामीले भन्दा राम्रो जिन्दगी पाउनुपर्छ । र, त्यसका लागि आफ्नो भूमिका निर्वाह गर्नुपर्नेछ । एजेन्सी





























प्रतिक्रिया